डोल्पाको मुड्केचुलाका २ वडा कार्यालयमा आगलागी
दुनै,डोल्पा : डोल्पाको मुड्केचुला गाउँपालिकाका दुईवटा वडा कार्यालयमा आगलागी भएको छ । गाउँपालिकाको १ र ३ नम्बर वडा कार्यालयमा आगलागी भएको हो । भदौ २८ गते राति अकस्मात आगलागि हुँदा वडाकार्यालय जलेर करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट कार्यालयका फर्निचर, वल्र्डलिंकको सामान, कागजात, प्रिन्टलगायत अन्य सामाग्री सबै नष्ट भएको ३ वडाका अध्यक्ष भानुभक्त बोहोराले जानकारी दिए । अध्यक्ष बोहोराका अनुसार कागजत जलेर खरानी भएपछि सेवा प्रभावित भएको छ।