जिप दुर्घटनामा दुई घाइते

जिप दुर्घटनामा दुई घाइते

दुनै, डोल्पा : डोल्पाको सूपानीबाट दुनै आउँदै गरेको जिप दुर्घटना भएको छ। भे १ च १९१५ नम्बरको बोलेरो जिप ठूलीभेरी नगरपालिकाको भेत्तीमा दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्।

बिहान पौने ७ बजे बजे त्रिपूरा सुन्दरीको सूपानीबाट सदरमुकाम आउँदै गरेको जिप भेत्तीमा सडकबाट ६० मिटर तल खस्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा जिपधनी चन्द्ररुप कठायतका छोरा २० वर्षका नरेन्द्र कठायत र १३ वर्षका आकाश विक  छन्। नरेन्द्रको टाउकोमा चोट लागेको छ। दुबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायाण रञ्जितकारले बताए।

जिप दुर्घटनापछि फरार चालक ९ बजेतिर प्रहरीको सम्पर्कमा आएका छन्। जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रञ्जितकारले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.