सरकार नै संविधान विरोधी : राजेन्द्र महतो

सरकार नै संविधान विरोधी : राजेन्द्र महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले दुई तिहाइले बनाएको संविधानमा दुई तिहाइ जनता असन्तुष्ट रहेको दाबी गरेका छन्।प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार सदनलाई सम्बोधन गर्दै महतोले असन्तुष्ट जनाले संविधान बनाउन नसक्ने प्रष्ट पारे।

'जनता असन्तुष्ट हुने यस्तो संविधान बनाउने। दिवस सबै जनताले मनाउन पाएका छैन।त्यो मनाउने हक हाम्रो पनि होइन।अहिलेको सरकारले संविधानको रक्षा गरेको छैन,' उनले भने, 'मुलुकमा दुई तिहाइ जनता सरकारको कामप्रति असन्तुष्ट रहेका बेला कसरी दिवस मनाउने।'

उनले सरकार नै संविधानविरुद्ध लागेको आरोप लगाए। 'संविधान विरुद्धमा सरकार काम गरिरहेको छ,' उनले भने,' संघीयतालाई कसरी कमजोरी पार्ने त्यसबारे काम गरिरहेको छ।अनि संविधानको दिवस मनाउने। जब सरकार नै संविधानको विरुद्धमा लागेपछि संविधानको रक्षा कसरी हुन्छ ?'

उनले सरकारले संविधान दिवसमा दिपावाली मनाउने उर्जी जारी गरेको भन्दै आपत्ती जनाए।' चार वर्ष वितिसक्यो। सबै नागरिकले उत्सापूर्वक संविधान दिवस मनाउने अवसर पाएका छैनन्, उनले भने,' उर्जी जारी गरेर संविधान दिवस मनाइन्छ।संविधान दिवस मनाउने परिस्थिति नै बन्दैन।के हो यो? '

उनले भोली दिपावली होइन, ब्ल्याक आउट गर्ने चेतावनी दिए।'उर्जी जारी गरेर दिपावली मनाउने हो। होइन। ब्ल्याक आउट हुने हो। ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्छन्। यो देशमा मधेशीले ब्ल्याक आउट गर्छन्। थारुले गर्छन्। पहाडका जनजातीले गर्छन्।अनि दिपावली मनाउने। मनमनै मनाउने।'

उनले दुई तिहाइ सरकारले जनतालाई महत्व नदिएको स्पष्ट पारे। 'जनतालाई महत्व नदिने। कसलाई महत्व दिने। कुन जनतालाई दिने हो।कसले दिवस मनायो।यहाँ लेखाजोखा गर्ने। यहाँ लामो लामो भाषण गरेर हुन्छ।दिउँसो आँखा चिम्लिदियो भनेर राति भयो भन्न मिल्छ,' उनले भने।

उनले यसअघि फुलस्टप पनि फेर्न नमिल्ने भन्दै संविधान बनाएको र पछिल्लो दुई तिहाइले बनाएको संविधानमा पनि फुलस्टप फेर्न नमिल्ले हो भन्दै आपत्ती जनाए। 'संविधान भनेको मुल कानुन हो।कानुनसँग खेलबाड गर्न मिल्दैन। सबैका लागि हुनुपर्छ।यो भन्दा पहिले पनि संविधान बनाइएको थियो। कांग्रेस, कम्युनिस्ट र राजाका प्रतिनिधि मिलेर बनाएको संविधान कहाँ गयो? उनले भने,' दुनियाँको सर्वोत्कृष्ट संविधान।फुलस्टप पनि फेर्न नमिल्ने संविधान। कहाँ गयो त्यो संविधान। अहिलेको संविधान पनि त्यस्तै बनाउन खोज्या हो।' 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.