युवती ठानी ७० वर्षीयालाई बलात्कार गर्ने थुनामा
![युवती ठानी ७० वर्षीयालाई बलात्कार गर्ने थुनामा](https://annapurnapost.prixacdn.net/media/albums/rape-sketch_20180907033525_Vex5JE2p82.jpg)
राजविराज : युवती ठानेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने अभियुक्त सप्तरीको राजविराज कारागारमा थुनिएका छन् । सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा बलात्कारको कसुरमा थुनामा परेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।
बर्देबाकाअनुसार अत्यधिक मदिराको नशामा अर्की युवती ठानेर वृद्धालाई बलात्कार गरेको अभियुक्तले स्विकारेका छन् । गतसाल असोज १६ गते घरका सबैजना मेला हेर्न गएका बेला वृद्धामाथि बलात्कार भएको हो ।
उदयपुरको त्रियुगा नगरपािलका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । बलात्कार घटनालगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए । पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा भदौमामा घर फर्केका फर्केका थिए । उनलाई प्रहरीले भदौ १९ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)