दुई सातादेखि अवरुद्ध रसुवागढी सडक संचालनमा

दुई सातादेखि अवरुद्ध रसुवागढी सडक संचालनमा

वेत्रावति, नुवाकोट : दुई सातादेखि अवरुद्ध त्रिदेशीय मार्गको रुपमा रहेको नुवाकोट-धुन्चे-रसुवागढी सडक सूचारु भएको छ ।भाँसिएको सडक मर्मतपछि आइतबारबाट यातायात सूचारु भएको हो । 

वेत्रावति-कालिकास्थान-राम्चे-धुन्चे सडकखण्डको नागार्दुनमा भदौ २५ गते पहिरो जाँदा सडक भाँसिएको थियो।१२ दिनपछि यातायात सूचारु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । 

सडक सूचारु भएसँगै १२ दिनदेखि रोकिएका सयौं मालबाहक कन्टेनर तथा सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । रसुवागढी नाका जोड्ने सडक अवरुद्ध हुँदा दसैंका लागि चीनबाट आयात गरिएका सामग्री बीच बाटोमै रोकिएका थिए।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गर्छन्। नेपालबाट भने केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.