हरि सेन्चुरी बिकलाई अन्तर्राष्ट्रिय हस्तकला अवार्ड
काठमाडौँ : संविधान दिवसको अवसर पारेर सिजन मिडिया र पत्रकार महासङ दुबई शाखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूलाई अवार्ड प्रदान गरेको छ ।
यस क्रममा आयोजक संस्था सिजन मिडिया र पत्रकार महासङ दुबई शाखाले हरि सेन्चुरी बि. क. लाई 'बेस्ट हस्तकला कालिगड एचिभ्मेन्ट अवार्ड' प्रदान गरेको छ । माननीय कृषी तथा पशु पंछी विकास मन्त्री चक्रपाणि खनालले संविधान दिवसको अवसरमा बि. क. लाई उक्त अवार्डबाट पुरस्कृत गरेका थिए ।
हस्तकला कालिगड़ी क्षेत्रमा हरिले निरन्तर योगदान दिएको भन्दै उनको शीपको प्रशंसा गरिएको थियो । खेलकूद, पत्रकारिता, समाजसेवी, गायन, नृत्य, लेखन, फ़ोटोग्राफ़ी लगायत विभिन्न विधाका दिग्गज व्यक्तिहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !