एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। हाल संघको उपाध्यक्ष रहेका आचार्यले बेलायतको अल्डरशटस्थित एम्पायर हलमा मंगलबार भएको सभामार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमार्फत आगामी कार्यकाल(२०१९-२०२१)का लागि नयाँ नेतृत्व चयन हुनेछ ।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय, सुझाव लिएपछि संघको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने निर्णय गरेको आचार्यले बताएका छन्। उनले उम्मेदवारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताकासाथ अगाडि बढाउन आफ्नो नेतृत्व आवश्यक भएकाले उम्मेदवारी दिएको बताए। उनले आफू नेतृत्वमा आए संस्थालाई अझ गतिशील, सशक्त,  र समावेशी बनाउने दाबी गरेका छन् ।

 सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम बनाउने र पर्यटक भित्र्याउन सहयोग गर्ने प्रतिवद्धता पनि आचार्यले जनाएका छन्।

संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता नेपालको उन्नतिका लागि प्रयोग गर्न ठोस कार्ययोजनासहित अघि बढ्ने र वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन पनि भूमिका खेल्ने आचार्यले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । 

नेपालको पर्वत जिल्लामा जन्मिएका ४७ वर्षीय आचार्य दुई दशकदेखि बेलायतमा रही विभिन्न व्यवसायमा आवद्ध छन्। सन् २००३ देखि एनआरएनएमा जोडिएका आचार्य २००७ बाट विभिन्न भूमिकामा छन्। गैर आवासीय नेपाली  संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकका रुपमा काम गरिसकेका उनी हाल केन्द्रीय उपाध्यक्ष छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.