कर्णालीमा आङ खस्ने बिरामीको तथ्यांक छैन

कर्णालीमा आङ खस्ने बिरामीको तथ्यांक छैन

दुनै,डोल्पा : कर्णालीका कुनै पनि जिल्लामा आङ खस्ने बिरामीको तथ्यांक छैन । वातावरणीय कृषि तथा विकास केन्द्र केड (क्लेप)डोल्पाले यस्तो तथ्य सार्वजनिक गरेको हो । नेपालमा २६ प्रतिशत महिलामा आङ खस्ने समस्या रहेको तथ्यांक रहेपनि कर्णालीमा भने कुनै पनि जिल्लाका स्वास्थ्य कार्यालयमा आङ खस्ने बिरामीको तथ्याङ नराखिएको प्रजनन् स्वास्थ्य अधिकृत इन्द्र घर्तिले बताइन् । 

अधिराज्यभर २० वर्षभन्दा कम उमेर समूहका किशोरीले विवाह गर्ने र १७ प्रतिशत किशोरीले बच्चा जन्माउँछन्। कर्णाली प्रदेशमा मात्रै १९ प्रतिशत किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माउने गरेको प्रजनन स्वास्थ्य अधिकृत घर्तीले जानकारी दिइन्।

विशेषगरी खानपान, सुत्केरी हुँदा स्याहार नपाउनु, भारी बोक्नु, शिक्षाको कमीले गर्दा महिलामा पाठेघर खस्ने समस्या बढेको स्वास्थ्यकर्मीको जनाएका छन्। आर्थिक वर्ष ०७३÷०७५ मा मात्रै देशभर १४ हजार ६ सय महिलाले स्वास्थ्य परीक्षण गराएकोमा २३ प्रतिशतमा पाठेघरको समस्या भेटिएको थियो।

डोल्पामा हाल जिल्लाका विभिन्न क्षेत्रमा गरेको जाँचमा  ५ जनामा तेस्रो श्रेणीको पाठेघर खस्ने समस्या देखिएको  जनस्वास्थ्य कार्यालयकी अनमी गंगा ओझाले जानकारी दिइन् । उनका अनुसार ग्रसित महिलाहरु लाज मानेर स्वास्थ्य जाँच गराउन आउँदैनन्।पचार गराउँदा समाजमा हल्ला हुने डरले रोग पालेर बस्ने गरेको महिला शसक्तिकरण केन्द्र डोल्पाकी अध्यक्ष उर्मिला विश्वकर्माले बताइन्।

पाठेघर खसेका महिलाको उपचार तथा शल्यक्रिया निशुल्क गरिन्छ । गत वर्ष मात्रै वातावरणीय कृषि तथा विकास केन्द्र केड (क्लेप) डोल्पाले ३ जना र एकएक पाइलाले १० जना तेस्रो श्रेणीका महिलाको शल्यक्रिया गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.