एकता भएको दुई वर्षपछि टुंगियो गच्छदारको समायोजन

एकता भएको दुई वर्षपछि टुंगियो गच्छदारको समायोजन

काठमाडौं : नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको दुई वर्षपछि पार्टी समायोजनको कार्य टुंगिएको छ। प्रदेश र संघको निर्वाचनको संघारमा दुई दलबीच हतारमा एकता भएपनि सांगठनिक संरचना समायोजनको कार्य भने अगाडि बढ्न सकेको थिएन। कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले दुई पार्टीबीचको एकतालाई पूर्णता दिएको हो।

तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई यसअघि नै सभापति शेरबहादुर देउवाले उपसभापतिमा मनोनित गरेपनि बाँकी नेताहरुले जिम्मेवारी पाएका थिएनन्। दुई पार्टीबीचको सांगठनिक संरचनाको समायोजनको काम गर्न गएको कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य महेश आचार्य र दीपक गिरी सदस्य रहेको समिति गठन गरिएको थियो।

समितिले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रस्ताव पार्टीले पारित गरेको हो। सहमतिअनुसार अब गच्छदारले ११ जना केन्द्रीय सदस्य पाउने भएका छन्। केन्द्रीय सदस्यको नाम भने गच्छदार सिफारिस गर्न बाँकी छ। गच्छदारसहित अब १२ जना नयाँ केन्द्रीय सदस्य मनोनित हुनेछन्। ‘उहाँले नाम दिनुभएको छैन, ११ जना केन्द्रीय सदस्यको नाम सिफारिस गरेपछि मनोनित गरिनेछ,’ कांग्रेस केन्द्रीय सदस्य बीरबहादुर बलायरले भने, ‘दुई पार्टीबीच वडातहसम्म एकताको खाका टुंगो लागेको छ, तत्कालीन लोकतान्त्रिक फोरमको सक्रिय सदस्यको संख्यालाई अद्यावधिक गरेर सांगठानिक संरचना समायोजन गर्ने सहमति भएको छ।’ ८५ केन्द्रीय कार्यसमिति रहेको कांग्रेसमा अब ११ केन्द्रीय सदस्य थप हुनेछन्।

त्यस्तै केन्द्रीय कार्यसम्पादन समितिमा सहमतिका आधारका समावेश गरिने उल्लेख छ भने महासमिति बैठकमा सहभागि २०० जनालाई कांग्रेसको महासमिति सदस्य (१४८ जना पर्यवेक्षकसहित) स्वीकार गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ सहित थप २५२ जना महाधिवेशन प्रतिनिधि गच्छदारले पाएका छन्। उनले झण्डै एक हजारको संख्यामा महाधिवेशन प्रतिनिधि पाउनुपर्ने दावी गर्दै आएका थिए।

त्यस्तै जिल्लाकार्यसमिति समायोजनअन्तर्गत गच्छदारले १३ जिल्लामा उपसभापति पाउने भएका छन्। क्रियाशील सदस्य संख्याका आधारमा गरिएको सहमति अनुसार गच्छदारले मोरङ्गमा उपसभापति १, सहसचिव १ र १५ सदस्य पाउनेछन् भने सुनसरी र कैलालीमा उपसभापतिसहित सहसचिव र ११ सदस्य पाउनेछन्। बर्दिया र सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति, सहसचिव र पाँच जना सदस्य, सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति र ७ जना सदस्य पाएका छन्।

झापा र रुपन्देहीमा उपसभापति र पाँच सदस्य, बारा र बाँकेमा उप–सभापति र तीन सदस्यमा सहमति भएको हो। ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा एक जना सहसचिव र तीन सदस्य पाएका छन्। उदयपुर र महोत्तरीमा सह–सचिव एक र दुई सदस्यमा सहमति भएको हो। काठमाडौं र पश्चिम नवलपरासीमा भने छलफलबाट टुंगो लगाइने कांग्रेसले जनाएको छ।

त्यस्तै गरी प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभालगायत पार्टीका अन्य स्थानीय समितिमा तत्कालीन लोकतान्त्रिक फोरमका क्रियाशील सदस्यका आधारमा समितिको टुंगो लगाइने छ। गच्छदारले ५१ जिल्लामा पार्टीको संगठन रहेको र २५ हजार भन्दा बढी क्रियाशील सदस्यको सूची कांग्रेसलाई बुझाएका थिए। कांग्रेस र लोकतान्त्रिक फोरमबीच २०७४ साल असोज ३० गते पार्टी एकता भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.