चीनबाट उच्चस्तरीय भ्रमण छिट्टै : राजदूत होऊ

चीनबाट उच्चस्तरीय भ्रमण छिट्टै : राजदूत होऊ

काठमाडौं : नेपालमा छिट्टै आफ्नो मुलुकबाट उच्चस्तरको भ्रमण हुने चिनिया राजदूत होऊ यान्छीले बताएकी छन्। उनले उक्त भ्रमणबाट दुई देशबीचको सम्बन्धले थप नयाँ उचाई लिनेमा आफू आशावादी भएको जिकिर गरिन्। 

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण हुने भनिरहेको अवस्थामा चिनियाँ राजदूतले राष्ट्रपतिको नाम नलिइकन उच्चभन्दा उच्चस्तरको भ्रमण छिट्टै हुने जानकारी गराएकी हुन्। चीनको तर्फबाट हुने उच्चस्तरीय भ्रमणले नेपाल चीन सम्बन्ध नयाँ विकास र पुरानो ऐतिहासिक सम्बन्धलाई जोड्दै अघि बढ्ने चरणमा उक्लने उनले बताइन्। 

‘विगतमा चीनको तर्फबाट भएका दुई उच्चस्तरीय (विदेशमन्त्री वाङ यी र विदेश विभाग प्रमुख सोङ थाओ) भ्रमणले उच्चभन्दा उच्चस्तरको भ्रमणको अपेक्षा हामी गरिरहेका छौं,’ राजदूतले भनिन्, ‘उच्चस्तरको भ्रमणले नेपाल चीन सम्बन्धलाई नयाँ चीन र पुरानो सम्बन्ध केलाउदै विकासको चरणमा जोड्नेछ। ’ नेपालको विकास कार्यलाई चीनले आफ्नो विकाससँगै अघि बढाउन नेपाल सरकार र जनताको चाहना अनुरुप सहकार्य गर्ने पनि बताइन्। 

उनले नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित स्वागत समारोहमा त्यस्तो धारणा व्यक्त गरेकी हुन्। उनले चीनको विकाससँगै यस क्षेत्रको विकासमा चासो राख्दै अन्तर हिमालय बहुपक्षीय सहकार्य चिनियाँ प्राथमिकतामा रहेको दाबी गरिन्। साथै नेपाल त्यसको रोजाइमा परेको मुलुकको रुपमा चित्रण गरिन्। 

चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत सडक, रेल, बन्दरगाह, सुख्खा बन्दरगाह, हवाई सम्पर्क, सूचना सञ्जाल लगायतबाट विकासमा जोड दिने उल्लेख गरिन्। चीनले आफ्नो क्षमता अनुसार नेपालको वकासमा पूर्ण सहयोग गर्ने उनको भनाइ थियो। 

बीआरआईमा चीन सफल हुँदै अघि बढेको र त्यसलाई कसैले रोक्न नसक्ने बताउँदै उनले भनिन्, ‘अहिलेको युग विकासको युग हो। यसमा हामी प्रतिबद्ध भएर लागेका छौं। चीनले आफ्नो मात्र होइन, यो क्षेत्रको विकास गरेर अघि बढ्नेछ’ उनले भनिन्, ‘चीन विकासको नयाँ चरणमा पुगेको छ भने नेपालमा पनि राजनीतिक स्थायीत्व कायम भएको मुलुकमा पर्छ। नेपालमा राजनीतिक स्थायीत्व भएको देखेर चीन खुसी छ। ’

चीनले अक्टोबर १ लाई नयाँ चीन स्थापना भएको भन्दै विभिन्न समारोह गर्नेगर्छ। समारोहमा समारोहमा चिनिया संस्कृती, नृत्य पनि प्रस्तुत भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.