नेताको दसैं

नेताको दसैं

नेपालीहरूले मनाउने सबैभन्दा ठूलो चार्ड हो दसैं। दसैंलाई पारिवारिक मिलनको पर्वका रूपमा पनि लिइन्छ। टाडा रहेका आफन्तसँगको भेटघाट, विदेशमा रहेका परिवारका सदस्यसँगको पुनर्मिलनले दसैंको रौनक अझ बढाएको छ।

यो समयमा प्रशासनिक क्षेत्र, शैक्षिक तथा अन्य संघसंस्थाले पनि लामो बिदा दिने गर्छन्। अन्य क्षेत्रमा जस्तै यो समय राजनीतिक वृत्तका लागि ‘शून्य समय’ हो। दसैंमा राजनीतिक गतिविधि खासै हुँदैन। नेता दैनिक के गर्छन् ? सबैलाई चासो हुन्छ। अझ विशेष पर्व दसैंमा के गर्लान् ? यसमा जनताको चासो अझ बढी हुन्छ। नेताले फरक–फरक शैलीले दसैं मनाउने योजना बनाएका छन्। केही नेता परिवारदेखि कार्यकर्तासम्मलाई टीका लगाउने कार्यक्रम बनाएर बसेका छन्। केही नेता दसैंमा टीका नलगाई परिवारसँगै बस्ने तयारीमा छन्।

केपी ओली

प्रधानमन्त्री केपी ओलीको दसैं सधैंजस्तै काठमाडौंमै बित्नेछ। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी नवमीका दिन सधैंजस्तै गृह जिल्ला झापा जानेछन्। त्यहाँ हुने चियापान कार्यक्रममा सहभागी हुनेछन्।

त्यसपछि उनी काठमाडौं फर्कनेछन्। गत वर्ष प्रधानमन्त्री निवास बालुवाटार जाने सर्वसाधारण र पार्टी कार्यकर्तालाई टीका लगाइदिएका थिए। यसपटक भने टीका लगाउने विषयमा दोधारमा भएको उनको सचिवालयले जनाएको छ। चिकित्सकले ‘इन्फेक्सन’ हुने भन्दै ओलीलाई टीका नलगाइदिन सुझाव दिएका छन्।

पुष्पकमल दाहाल

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकल दाहाल दसैंको टीकालाई महत्र्व दिँदैनन्। उनले दसैं परिवारसँग बसेर मनाउने गरेका छन्। आफूले जनयुद्धको नेतृत्व गरेदेखि नै उनी दसैंमा कसैलाई टीका लगाइदिँदैनन् र आफू पनि लगाउँदैनन्। तर, पारिवारिक जमघटमा भने रमाउँदै आएका छन्। यसपटक पनि दसैंका कुनै योजना नबनेको दाहालको निजी सचिवालयले जनाएको छ।

शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाको दसैं यसपटक काठमाडौंमै बित्नेछ। राजधानीमा हुने केही कार्यक्रममा उनले सहभागी हुनेछन्।

दसैंमा बूढानीलकठस्थित निवासमा आएका कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष झलनाथ खनालको पनि दसैं काठमाडौंमै बित्नेछ। आएका कार्यकर्ता तथा शुभेच्छुकलाई टीका लगाएर दसैं मनाउने योजना रहेको खनालको सचिवालयले जनाएको छ। दसैं सकिएपछि भने उनी केही कार्यक्रममा सहभागी हुन गृहजिल्ला इलाम जाने कार्यतालिका छ।

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दसैं काठमाडौंमा हुनेछ। गतवर्ष भारतका विभिन्न धार्मिकस्थलमा भ्रमणका लागि गएका पौडेलले यसपटक भने पारिवारिक झमघट गरेर मनाउने योजना रहेको उनले बताए।

‘यसपटक अमेरिकाबाछ छोरी, ज्वाइँ र नातिनातिना आएका छन्। पारिवारिक भेटघाट हुन्छ। दसैं यहीँ बित्छ’, उनले अन्नपूर्णसँग भने, ‘टीका लगाउने आएका कार्यकर्तालाई टीका लगाई दिन्छु।’

माधवकुमार नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको दसैं काठमाडौंमै बित्नेछ। दसैं र तिहारमा हुने विभिन्न कार्यक्रममा उनले सहभागिता जनाउनेछन्। दसैंको टीकाको दिन नेपालले दाई विजयकुमार उपाध्ययबाट टीका लगाउने स्वकीय सचिव नितेष पौडेलले जानकारी दिए। त्यसपछि निवासमा आउने कार्यकर्तालाई नेपालले टीका लगाइ दिने छन्।

विमलेन्द्र निधि

कांग्रेस उपसभापति निधिको दसैं भारतस्थित कोलकात्तामा बित्नेछ। त्यहाँ खष्टिपछि उनी कोलकात्ता जानेछन्। त्यहाँ हुने दुर्गाको पूजामा सहभागी हुने निधिले बताए। तर, निधि भने टीका लगाउँदैनन्।

‘पहाडमा जस्तो हाम्रो समुदायमा टीका लगाइँदैन। तर, दुर्गा पूजा भव्य हुन्छ’, उनले भने, ‘कोलकात्तामा हुने दुर्गा पूजाको कार्यक्रममा सहभागी हुने योजना छ।’ निधि टीका लगत्तै स्वदेश फर्कनेछन्। चाडपर्वमा प्रत्येक वर्ष कांग्रेसले आयोजना गर्ने चियापान कार्यक्रमको तयारीका लागि केही दिनअघि नै आउने निधिले जानकारी दिए।

राजेन्द्र महतो

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो यसपटकको दसैंमा धनुषास्थित निर्वाचन क्षेत्रमा जाने योजनामा छन्। काठमाडौंको व्यस्त राजनीतिलाई केही समय ‘रेस्ट’ का रूपमा दसैं मनाउने योजनामा उनी छन्। यो दसैंभरि कार्यकर्तालाई समय दिनेछन्। ‘यसपटकको दसैं म धनुषामै बिताउँछु। कार्यकर्ताका गुनासो सुन्छु’, उनले भने, ‘उनीहरूसँगै खुसी साटासाट गर्ने योजनामा छु।’दसैंमा तराईमा टीका लगाइँदैन। तर, दुर्गा पूजा भने भव्य रूपमा हुन्छ। गाउँ–गाउँमा हुने पूजाका कार्यक्रमामा महतो सरिक हुनेछन्। दसैं सकिएपछि मात्रै काठमाडौं फर्कने योजना छ, महतोको।

नारायणकाजी श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दसैं खासै ‘स्पेसल’ छैन। उनी यसवर्ष दसैं खासै महत्र्व दिएर मनाउने पक्षमा छैनन्। जिल्लामा हुने केपी कार्यक्रममा उनी सहभागी हुनेछन्। प्रदेश २ का विभिन्न जिल्लाको भ्रमण सकेर उनी काठमाडौं फर्कनेछन्। ‘यसपटक पार्टीको नियमित काममै दसैं बित्छ’, उनले भने ‘खासै केही कार्यक्रम बनाएको छैन।’

शरदसिंह भण्डारी

राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीको यसपटक दसैं छैन। उनका काका तेजमानसिंह भण्डारीको निधन भएका कारण उनी दसैंमा टीका लगाउँदैनन्। तर, काठमाडौंमा परिवारसँग रमाइलो गरेर दसैं मनाउन सोचमा रहेको भण्डारीले सुनाए। कार्यकर्तासँग र केही सामाजिक भेटघाटमा दसैंको समय बिताउने योजना रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.