घरमा लागेको आगो निभाउँदा एक घाइते
![घरमा लागेको आगो निभाउँदा एक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Aagjani_20191016023207_m6CwPtwwIM.jpg)
राजविराज : घरमा लागेको आगो निभाउने क्रममा गएराति सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना घाइते भएका छन् । वडा नम्बर १ हलेशी टोलका डिल्लीबहादुर बस्नेत आगो निभाउने क्रममा अनुहार, हात–खुट्टा जलेको हो । उनको स्थानीय फत्तेपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।
बस्नेतको काठको दुई तल्ले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा, काठपात र नगद दश हजार रुपैयाँ गरी पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले जानकारी दिए । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको डीएसपी भारतीले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)