चिनियाँ स्याटलाइट बन्द हुँदा मोबाइल चलेन

चिनियाँ स्याटलाइट बन्द हुँदा मोबाइल चलेन

दुनै,डोल्पा : चिनियाँ स्याटलाइट बन्द भएपछि डोल्पाका २ स्थानीयतहमा मोबाइल सेवा बन्द भएको छ। जिल्लाका मुड्केचुला गाँउपालिका र काइके गाँउपालिकामा मोबाइले सेवा पूर्ण रुपमा बन्द भएको हो। 

दुरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा दुई स्थानीयतहमा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको दुरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। 

बिगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाईल सेवा प्रदान गर्दै आएको दुसरञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन। 

बुधबारबाट मोबाइल सेवा बन्द हुँदा करिब १५ हजार नागरिक सञ्चार बिहीन भएका छन्। 

दुरसञ्चार कार्यालयले डोल्पाले अब अर्को बिकल्प नभएसम्म मोबाइल सेवा सूचारु नहुने मुड्केचुलाका स्थानीय तिर्थ बुढाले बताए।
चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएको कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णय अनुसार नै सेवा सुचारु हुने दुरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नबराज भट्टराईले जानकारी दिए। 

उनी भन्छन्, 'स्थानीय सरकार र मन्त्रीहरूले पहल गरेमा तत्तकाल नागरिकले सेवा पाउँछन् तर अब स्याटलाइटबाटै सेवा दिन निकै लामो प्रकृया भएकोले सम्भव छैन।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.