१३ औं सागको तयारीः  पोखरा फुटबल मैदानमा ६३ लाखको भारतीय दुबो

१३ औं सागको तयारीः  पोखरा फुटबल मैदानमा ६३ लाखको भारतीय दुबो

पोखरा : पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको काम भइरहेको छ । नेपालमा मंसिर १५ गते देखि २४ गते सम्म हुने १३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता हुने कार्यक्रम छ । यसैको तयारीका क्रममा यहाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानसहित फुटबल स्टेडियम निर्माणको काम भइरहेको छ ।  

पोखरा रंगशाल परिसरमा नयाँ निर्माण भइरहेको फुटबल मैदानमा भारतको कोलकत्ताबाट दुबोको चपरी ल्याएर आछ्याउने काम भइरहेको छ । बरमुडा दुबो करिब ६३ लाखमा ल्याइएको कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दिपक बरालले बताए । 

९० हजार स्क्वायरफीटमा धुवो बिछ्याउदा त्यती लागत लाग्ने उनले जानकारी दिए । बरमुडा दुबो ढुवानीसहित प्रतिस्क्वायर ६० देखि ७० रुपौयाँ लागत लाग्ने उनले बताए । नेपालमा यस प्रजातीको दुबो नपाइने र यति धेरै मात्रामा पनि नपाइएकोले भारतबाट दुबो ल्याउनु परेको प्रोजेक्ट मेनेजर इन्जिनियर  बरालले बताए । 

स्टेडियम निर्माणका लागि फ्रान्सबाट स्टील मोडुलर ग्रयाण्डस्ट्यान अडर गरेर आउने क्रममा रहेको छ । प्याराफिट निर्माणका लागि ल्याइने फ्रेम पोखरा आइपुगेपछि धमाधम फीट गरिने पनि उनले सुनाए । स्टेडियमको ट्याकका लागि जर्मनबाट सेन्थेतिक सामान अउँदै गरेको पनि उनले जानकारी दिए । सार्क खेलकुललाई लक्षित गरेर पहिलो चरणमा दश हजार सिट क्षमताको फुटबल स्टेडियम तयार भइसक्ने इन्जिनियर बरालले बताए । 

बाँकी सम्पूर्ण काम सार्क खेलकुद सकिए लगतैसुरु भएर अंग्रेजी महिनाको फेब्रेवरी भित्र स्टेडियम हस्तान्तरण गर्ने गरि काम अघि बढिरहेको उनले जाकारी दिए । प्याराफिटका सम्पूर्ण सामाग्री फ्रान्सबाट छिट्टै नै आउने उनले बताए । अहिले फाउण्डेसनको काम भइरहेको छ । सामाग्री आएलगत्तै फिट गर्न समय नलाग्ने उनले सुनाए । अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम १ अर्ब २८ करोड २२ लाख १८ हजार १ सय ७४ रुपौयाँ बजेटमा बन्दै गरेको हो । फुटबल स्टेडियम १६ हजार ५ सय क्षमताको हुने छ । एक्सपानसन गरेर १८ हजार १ सय ५० दर्शकसम्म बस्न सक्ने क्षमताको बनाउन मिल्ने इन्जिनियर बरालले बताए । 

अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्षलगायत रहने छ । फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनु पर्ने छ । स्टेडियमलाई आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले बोर्डसमेत हुने छ । स्टेडियममा टेलिभिजनका ठूला स्क्रिनसमेत जडान गरिने छ । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदकालागि निमार्ण गरिएको फुटवल स्टेडियम जिर्ण भएपछि नयाँ अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न लागिएको हो  । 

भारतको कोलकत्ताबाट ल्याइएको बरमुडा दुबो पोखरा रंगशालामा ट्रकबाट झारिदै । तस्बिर : कृष्णमणि बराल


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.