कृषि मेलामा केशरदेखि उखुसम्म (फोटो फिचर)

कृषि मेलामा केशरदेखि उखुसम्म (फोटो फिचर)

डोल्पा : डोल्पामा जिल्लास्तरीय कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । मेलामा जिल्लाका कृषकले उत्पादन गरेको विभिन्न कृषिजन्य उत्पादन प्रर्दशनीमा राखिए ।

यस क्रममा उत्कृष्ट कृषक समूह, सहकारी, कृषकलाई नगद र प्रमाणपत्र पनि प्रदान गरियो । कर्णाली प्रदेशसभा सदस्य सांसद वीरबहादुर शाहीले केशरको बिरुवामा पानि राखेर मेलाको उद्घाटन गरेका थिए ।

तेलहन, दलहन र फलफूलले भरिपूर्ण मेला सयौं मानिसले अवलोकन गरेका थिए । डोल्पामा अर्गानिक तरकारी तथा फलफूल उत्पादन बढ्दो भएकाले सबैले कृषिमा ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ थियो ।


मेलामा सहभागी कृषकले सान्त्वना स्वरुप प्रमाणपत्र र नगद सहित सम्मान पाएका हुन् । मेलामा जिल्लाका अपत्यारिला स्याउ, ओखर, मुला, लौका लगायत अन्य कृषि उत्पादन राखिएका छन् भने स्याउ, आरुका जुस जाम र चाना पनि राखिएका छन् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.