अमेरिकी र नेपाली सेनाबीच ‘ल्याण्ड फोर्स टक’

अमेरिकी र नेपाली सेनाबीच ‘ल्याण्ड फोर्स टक’

काठमाडौं : नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्।

नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ।

जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ।

प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए। सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ।

नेपाली सेना र अमेरिकी सेनाले गर्दै आएको सैनिक कारवाही (मिलेटरी अप्रेसन) का विषयका बारेमा अनुभव आदन प्रदान हुनेछ। अमेरिकी सेनाले नेपाली सेनाालाई गर्दै आएको सहयोगका बारेमा समेत छलफल हुनेछ। अघिल्लो वर्ष जेठ २३ बाट दुई दिनसम्म पहिलो पटक ल्याण्ड फोर्स टक सञ्चालन भएको थियो। अहिले हुन लागेको त्यसको दास्रो संस्करण हो। रक्षा प्रवक्ता सन्तबहादुर सुनारले अमेरिकी र नेपाली सैनिक अधिकारीबीच शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने बताए। प्रवक्ता सुनारले अन्नपूर्णसँग भने, ‘दुई मुलुकका सैनिक अधिकारीबीच शान्तिसेनामा सहभागी हुने नेपाली सेनाको क्षमता अभिवृिद्धका बारेमा गहन छलफल हुनेछ।’

अमेरिकी सैनिक अधिकारीको टोलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत छलफल गर्नेछ। अमेरिकी सैनिक अधिकारीले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज र काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्थलगत अवलोकन गर्नेछन्। अमेरिकी सेनाले नेपाली सेनाको थप व्यवसायीकरण र क्षमता अभिवृद्धि गर्ने बारे समेत छलफल गर्र्नेछ। छलफलमा दुवै मुलुकका सैनिक अधिकारीका उपरथीले नेतृत्व गर्देछन्। दुवै मुलुकका सैनिक अधिकारीले मिलिटरी अप्रेसनलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन।

छलफलका विषय

- नेपाली सेनाको क्षमता अभिवृद्धि

- सैनिक कारवाही

- शान्ति सेनामा नेपालको सहभागिता

- नेपाली सेनाको व्यवसायीकरण

- विपत् व्यवस्थापन

- दुई मुलुकका सैनिक अधिकारीबीच अनुभव आदन—प्रदान


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.