ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपाली प्रस्तावना विश्वमै उत्कृष्ट

ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपाली प्रस्तावना विश्वमै उत्कृष्ट

पोखरा : ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपालको परियोजना विश्वमै उत्कृष्ट भएको छ। नेपालमै संकटमा रहेको बिरोलो वर्गमा पर्ने ध्वाँसे चितुवा रुखमा धरै समय बस्ने र बाँदर शिकार गरेर आहाराको रुपमा खाने गर्दछ। यसैले ध्वाँसे चितुवालाई किसानको साथी पनि भनिन्छ। 

युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनले विश्वभरबाट बिभिन्न जंगवी जनावर, वातावरण संरक्षण संम्बन्धी प्रस्तावनाकालागि आह्वान गरेको थियो। यसै आधारमा विश्वभरका  जनावर, वन संरक्षण विद्या अन्तर्गतको नेपालको ध्वाँसे चितुवा संरक्षण सम्बन्धी प्रस्तावना उत्कृष्ट पाँच भित्र परेको थियो। 

त्यसपछि भएको अनलाइन मतदानको आधारमा यो परियोजना विश्वभरबाट प्रथम भएको प्रकृतिका साथी नामक संस्थाका वन्यजन्तु अनुसन्धान तथा संरक्षण निर्देशक घिमिरेले जानकारी दिए। प्रथम भएसँगै ध्वाँसे चितुवा संरक्षणकालागि ३० हजार युरो यो संस्थाले पाउने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.