विप्लवलाई ‘हिंसा’ छाड्न सरकारको सर्त
काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वसँग वर्ताका लागि हिंसा छाड्नुपर्ने सर्तअघि सारेको छ। विप्लव नेतृत्वको नेकपा हिंसा छाडेर संविधानको ‘फ्रेम वर्क’मा आए वार्ता गर्न तयार भएको सरकारले जनाएको छ।
पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध हटाएर पक्राउ परेका कार्यकर्ता रिहा गरे सरकारसँग वार्तामा बस्ने विप्लव नेतृत्वको विप्लव नेतृत्वको नेपाल कम्युनिस्टले यसअघि नै सर्त अघि सारेको थियो।
असोज तेस्रो साता बसेको विप्लव नेतृत्वको नेकपाको आठौं पूर्ण बैठकले सरकारले वार्ताको गलत प्रचार गरेको भन्दै यसको भण्डाफोर गर्ने निर्णय गरेको थियो। तर, सरकारले आफ्ना दुई सर्त पूरा गरी निसर्त आएमा वार्ताका गर्न सकिने निर्णय गरेको थियो।
‘संविधानको फ्रेम वर्कमा आउँछौँ। हिंसा छाड्छौँ भने पुग्छ’, बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘छद्मभेषी कुराको पछि सरकार लाग्दैन। जाँतो घुमाए जस्तो प्रतिबन्ध हटाऊ, पक्राउलाई रिहा गर्न भनिरहनु पर्दैन, हिंसा छाडे हुन्छ।’ मन्त्री बाँस्कोटाले अब हिंसाका लागि नेपालमा कुनै स्थान नभएको स्पष्ट पारे।
‘हिंसा राष्ट्रघाति कदम हो। हिंसाका लागि कुनै स्थान छैन। चन्दा उठाउँन छुट छैन’, उनले भने, ‘चन्दा के का लागि? जनतालाई दुःख दिन?’, उनले भने, ‘हिंसा त्यागे कुनै सर्त चाहिँदैन। प्रतिबन्ध हट्छ। कार्यकर्ता थुनामा पर्दैनन्। एउटा विज्ञप्ति जारी गरे पुग्छ।’
‘अपराधीलाई समत्दा प्रतिशोध हुन्छ ?’
पछिल्लो समय ‘भीआईपी’ पक्राउ पर्न थालेपछि सरकारले प्रतिशोध साध्न थालेको सरकारलाई आरोप लाग्नेको छ। तर, मन्त्री बाँस्कोटाले अपराध गर्नेलाई सात्ददा प्रतिशोध हुन्छ भन्दै प्रश्नसमेत गरे।
प्रतिशोध नसाधेको भए कृष्णबहादुर महरा पक्राउ नै नपर्ने दाबी गरे। यद्यपि महराको नाम भने उच्चारण गरेनन्। महरालाई ‘फलाना’ शब्दले सम्बोधन गरे।
‘प्रतिशोध साधेको भए त फलानाको पदै जाँदैन थियो। पक्राउ नै पर्दैन थिए। अनुशन्धान नै हुँदैन थियो’, उनले भने, ‘अरूको मुद्दामा पनि यस्तै हो। राजनीतिमा अपराधिकरण र भ्रष्टिकरणको निम्ति राज्यले प्रोत्साहन गर्दैन। राजनीति सेवा हो भ्रष्टिकरण हुन हुँदैन।’ सरकार प्रतिशोधमा नभई सुशासन कायम गर्न अघि बढेको दाबी गरे।
‘दबाब महसुस गरेको छैन’
पछिल्लो समय नेपालमा चीनको प्रभाव बढेको अमेरिकाले निष्कर्ष निकालेको छ। तर, मन्त्री बाँस्कोटाले सरकारले कुनै दबाब महसुस नगरेको दाबी गरे। ‘सरकारले कुनै दबाब महसुस गरेको छैन।
नेपाल सबै देशसँग द्वैध सम्बन्ध स्थापना गर्न चाहन्छ’, उनले भने, ‘चिनीयाँ राष्ट्रपतिको भ्रमणले नेपालको प्रभाव पनि त विश्वमा परेको छ नि !’ चीनसँग भएका सम्झौता नेपालको हितका लागि भएको दाबी गरे। यस्तै, मिलेनियम च्यालेन्ज कोअपरेसन पनि अमेरिकाको दबाबमा नभई द्वैध सम्बन्धको परिणाम भएको दाबी गरे।
‘परिवारसँग बसेर सुन्न सकिन्छ ?’
मन्त्री बाँस्कोटाले पछिल्लो समय कलाकार पक्राउ पर्न थालेको विषयमा समेत बोले। उनले कलाकारिता समाजको ऐना भएको बताउँदै अराजकता नमचाउन आग्रह गरे।
समाजको मूल्य पद्धति आफ्नै रहेको र स्वतन्त्रताका नाममा त्यसलाई भत्काउन नहुने बताए। ‘दिदी, भाइ, बहिनी, आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस्। कतिको समथ्र्य राख्नुहुन्छ ?’, उनले भने, ‘कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ? स्वतन्त्रताको नाममा अराजकता मचाउन पाइँदैन।’
उनले पत्रकारलाई ‘नन्इश्यू’लाई ‘इश्यू’ नबाउन आग्रह गरे। ‘कसैलाई नगर्नु भनेकै कुरा गर्नु पर्ने हो भने मान्छे जलाएर मारेको पनि ठीकै छ, अरूका छोरीचेली झम्टिएको पनि ठीकै छ?’, उनले भने, ‘मनपरी बोलेको पनि ठीकै छ, भ्रष्टाचार गरेको पनि बहादुरपूर्ण भयो ? हामी के चाहन्छौँ ?’
प्रतिक्रिया दिनुहोस !