बेनीमा एनसेलको गाडीमा आगजनी
बेनी : बेनी नगरपालिका-३ भकिम्लीको मुसुङ डोलेमा एनसेलको गाडीमा आगजनी भएको छ।
मुसुङ डोलेमा रहेको टावर मर्मतका लागि गएका एनसेलका कर्मचारीहरुले भाडामा लिएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीप पार्किङ गरेर राखेको ठाउँमा आगोजनी भएको हो।
स्थानीय डिलबहादुर थापाको घरको पछाडी पार्किङ गरिएको गाडीमा शुक्रबार राति २ बजेतिर आगोलागी भएको प्रहरीले जनाएको छ। एनसेलका कर्मचारीहरु थापाको घरमा बास बसेका थिए।
गाडीको बाहिरी भाग जलेर पूर्णरूपमा क्षति भएको घटनास्थल पुगेका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। गाडीभित्र राखिएका टावर मर्मतका लागि ल्याइएका २ थान ल्यापटप र १ थान माबाइलसमेत जलेर नष्ट भएको छ।
गाडीमा आगो लगाउने व्यक्ति तथा समूहको पहिचानका लागि शुक्ष्म अनुसन्धान भइरहेको शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !