जिपबाट खसेर दुईको मृत्यु
बेनी : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिपबाट खसेर दुई जनाको मृत्यु भएको छ।
दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप बिलबाङ गाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा पल्टिदा छतमा चढेका यात्रुको खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले मालिका–२ का सकबहादुर बिक र अर्का एक व्यक्तिको शव भेटिएको जानकरी दिए।
‘जिपभित्र बसेका १५ जना सकुशल छन्,’ उनले भने, ‘छतमा चढेका तीनजना जिप पल्टिदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए।’ रुखमा अड्कीएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उकालो बाटोमा जिप ब्याक भएर सडकमै पल्टिएर दुर्घटना भएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !