बसको ठक्करबाट पूर्वसांसद महतोको मृत्यु

बसको ठक्करबाट पूर्वसांसद महतोको मृत्यु

बर्दिबास : धनुषाका पुर्वसांसद रामलखन महतोको दुर्घटनमा मृत्यु भएको  छ। बसको ठक्करबाट शुक्रबार उनको निधन भएको हो। जनकपुर-ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका-१ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई शुक्रबार बसले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो। ठक्कर दिँदा उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालले जानकारी दिए।

शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा महतोलाई ठक्कर दिएको थियो।

पोष्टमार्टमका लागि अहिले उनको शव अस्पतालमा राखिएको छ। २०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए। २०६२-०६३ को जनयुद्धको बेला नेकपा माओवादीमा आवद्ध भएका महतो पछिल्लो समय मोहन वैद्य निकट क्रान्तिकारी माओवादीमा आवद्ध थिए। उनको एक छोरा र एक छोरी छन्। 

ठक्कर दिएका बस र चालक काठमाडौं साँखुका दिपक गिरी प्रहरी नियन्त्रणमा  छ।

ठक्कर दिने बस 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.