बर्दिबास सरसफाई अभियानमा धुर्मुस–सुन्तली
बर्दिबास : महोत्तरीको बर्दिबासमा हाँस्यकलाकार धुर्मुस सुन्तलीले सरसफाई गरेका छन्। ‘फोहोर मलाई’ लेखिएको डस्वीन बोकर उनीहरु चोकचोकमा देखिएका हुन्।
चोक बजारमा फालिएका फोहोर खोज्दैं उनीहरुले उठाएका छन्। राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल र प्रदेश सभा सदस्य सारदा थापा सहितले उनीहरुलाई सघाए। बर्दिबास सरसफाई महाअभियानको ५३ औं दिनमा सघाउन कालाकारद्घय काठमाण्डौंबाट आएका थिए।
गत भदौंको अन्तिम सातबाट ‘बर्दिबास नगर, फोहोरमैला मुक्त शहर’ भन्ने मुल नाराका साथ संचालित महाअभियान प्रभावकारी बन्दै गइहेको छ। २८ वटा संघसंस्थाको सक्रियातामा बर्दिबास चोक दैनिक सरसफाई गरिदैं आएको सरसफाई तथा फोहोरमैला व्यवस्थापन समिति तथा वडा-१ का वडाध्यक्ष चुडामणी पोखरेलले बताए।
सरसफाइपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दहालले समाजिक परिवर्तनको अभिायनका सबै राजनितिक दल, संघसंस्थालाई काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्न अह्वान गरिन्।
प्रतिक्रिया दिनुहोस !