प्रदेश प्रमुखको जनकपुरधाममा स्वागत
जनकपुरधाम : प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले जनकपुरधाम एयरपोर्टमा स्वागत गरेका थिए ।
काठमाडौंबाट सपथ ग्रहण गरी बुधबार जनकपुरधाम आइपुगेका प्रदेश प्रमुख तिलक परियारलाई मुख्यमन्त्रीले राउतले एयरपोर्टमा स्वागत गरेका हुन् । एयरपोर्टको भीआईपी कक्षमा काठमाडौं जान लागेका उप-प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे । उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिँदै स्वागत गरे ।
स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यले स्वागत गरेका थिए । प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधिसहित नेकपाका कार्यकर्ताको बाक्लो भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस !