डोल्पामा नयाँ भाडादर कायम, प्रति किलोमिटर २२ रुपैयाँ

डोल्पामा नयाँ भाडादर कायम, प्रति किलोमिटर २२ रुपैयाँ

डोल्पा : जिल्लामा नयाँ भाडदर कायम भएको छ । जिल्लाभरीका सडकमा नयाँ भाडादर निर्धारण गरिएको हो । हाल जिल्लामा सञ्चालनमा रहेका सडकमा प्रतिकिलोमिटर २२ रुपैयाँका दरले नयाँ भाडदर कायम गरिएको छ। 

त्रिपूरासुन्दरी नगरपालिकाको पहलमा पहिलो पटक नयाँ भाडादर कायम गरिएको नगरप्रमुख ओमबहादुर बुढाले जानकारी दिए ।  महंगो भाडादरका विषयमा सर्बधारणले पटक-पटक गरेको बिरोधपछि त्रिपुरासन्दरी नगरपालिकाले नयाँ भाडादर निर्धारण गरेको नगरप्रमुख बुढाले बताए।

जिल्ला भरिका सडकमा प्रति किलोमिटर २२ रुपैयाँ कायम गरिएको छ। यहिअनुरुप स्थानीय सरकारले कार्यान्वयनमा ल्याउने छ। नयाँ भाडादर कायम नगरे कारवाही हुने निमित्त प्रमुख जिल्ला अकिारी लक्ष्मी शर्माले जानकारी दिइन्।

१४ किमि दूरी भएको त्रिपुराकोट-खदाङ् खण्डमा प्रति किमि २२ रुपैयाँका दरले ३ सय १० र त्रिपुराकोटकै छलगाडदेखि खदाङ्सम्म १३ किमिमा २ सय ९० रुपैयाँ भाडादर कायम गरिएको नगरप्रमुख बुढाले जानकारी दिए।

यसभन्दा पहिला यी सड्कखण्डमा यातायात व्यवसायीले मनपरी भाडादर उठाउँदै आएका थिए। चार सय रुपैयाँभन्दा बढी भाडा उठाउँदै आएका थिए भने कम्तीमा पनि २७ जनासम्म यात्रु जीपमा बोक्ने गरेका थिए। 

त्रिपुराकोट-दुनै खण्डमा पनि यातायात व्यवसायीले मनपरि रुपमा भाडादर उठाउँदै आएको गुनासो आउन थालेपछि बुधबार सदरमुकाम दुनैमा यातायात व्यवसायीसँग छलफल गरेर नयाँ भाडादर निर्धारण गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

सरदर १३ किमि लामो उक्त सडकखण्डमा पनि प्रति किमि २२ रुपैयाँका दर भाडादर कायम गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन्। आजसम्म सुँपानीदेखि दुनैसम्म प्रति यात्रु पाँचसय भाडा उठाउँदै आएपनि अब २ सय ९० भाडा कायम हुने शर्माले जानकारी दिइन्।

सम्पूर्ण सरोकारवालाको उपस्थितिबाट पारित निर्णयविपरित भाडा उठाएको पाइएमा कडा कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज भट्टले बताए । महंगो भाडा घटाएर नयाँ भाडादर कायम भएपछि सर्वसाधारणले उक्त निर्णयको स्वागत गरेका छन् ।त्यसैगरि जीप चालकले पाँच जनाभन्दा धेरै यात्रु बोक्न पाउने छैनन्।

तोकियको भाडाभन्दा धेरै भाडा उठाउने र क्षमताभन्दा धेरै यात्रु राखेमा यात्रु स्यमं पनि चनाखो हुनुपर्ने ट्राफिक प्रहरीले सुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.