टावरका सामग्री अलपत्र, ठेकेदार बेपत्ता !

टावरका सामग्री अलपत्र, ठेकेदार बेपत्ता !

डोल्पा : दुई सातादेखि सञ्चारविहीन हुँदा मुड्केचुला गाउँपालिकाका नागरिक उकुसमुकुस भएका छन्। उनीहरू रुखमा चढेर अग्ला डाँडामा पुगेर फोनबाट सूचना आदान प्रदान गर्छन्।

यहाँ दुई सातादेखि सञ्चार छैन। घन्टौं उकालो हिँडेर जंगलको बीचबाट जगदुल्लाको टावरबाट सूचना आदान प्रदान गरिरहेका छन् मुड्केचुलावासी। भारतीय आयस्था कम्पनीले जिम्मा पाएको ठेक्का ठेकेदारले समयमा सामग्री सम्बन्धित ठाउँमा पुर्‍याउन नसक्दा मुड्केचुलावासी सञ्चारविहीन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिए।

ठकुल्लाका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरेकाले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोड्ने बताए। कम्पनीले नमस्ते मोबाइल टावरका सामान भने दुई वर्षदेखि रुकुम र डोल्पाको सिमानामा रहेको त्रिवेणीमा ल्याएर अलपत्र फालेको छ। सामान अलपत्र छन् स्थानीयले सञ्चारबाट वञ्चित हुन परेको छ नागरिकको दुःख छिट्टै सम्बोधन हुने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

भौगोलिक रूपमा निकै विकट र जिल्लाको गरिबीको क्षेत्रका रूपमा परिचित मुड्केचुलामा सञ्चारले समेत ठगेको वीरबहादुर शाहीले बताए। उनले भने, ‘आकाशमा सञ्चार छ नागरिकको हातमा छैन। सिंह मात्रै आए जनताको लागि दरबार कहिले आएन।’ भौगोलिक रूपमा निकै ठूलो र विकासमा निकै पछि परेको मानिने मुड्केचुला गाउँपालिकाका नागरिक सबै किसिमका सेवाबाट पछि परेका छन्। प्रदेश सरकारले गर्ने सबै काम गर्छ। ठेकेदारको खोजी गरेर सञ्चार सेवा प्रदान गर्न लागि पर्ने प्रदेश सभा सदस्य वीरबहादुर शाहीले प्रतिवद्धता जनाए।

गत असोज २५ गतेदेखि चिनियाँ डिस्याट कम्पनीले आफ्नो स्याटलाइट बन्द गरेपछि हप्तौंदेखि गाउँपालिका नै सञ्चारविहीन छ। चिनियाँ डिस्याट कम्पनीसँग सम्झौता सकिएपछि नियमानुसार बन्द गरेकाले केन्द्रीय निर्णयअनुसार नै सुचारु हुने दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए। एक ठाउँबाट अर्को ठाउँमा सूचना पुर्‍याउन मान्छे नै पुग्नु पर्ने बाध्यता रहेको स्थानीय केशरी बोहोराले बताइन्।

जति रुखमा चढे पनि सबै नागरिकले कुरा गर्न पाउँदैनन्। सबैले उकालो चढेर फोन गर्न सक्ने अवस्था छैन। सबैभन्दा कमजोरी स्थानीय सरकारको भएको केशरीको आरोप छ। सञ्चार नै पहिलो भएकाले स्थानीय सरकारले सबैभन्दा पहिला सञ्चारमा जोड दिन स्थानीयले माग गरेका छन्। बिरामी पर्दा र अप्रिय घटना घटेमा मृत्युभन्दा अरू विकल्प नभएको बमबहादुर बुढाले जानकारी दिए।

जिम्मा पाएको आयस्था कम्पनीले बेवास्ता गरेकाले दूरसञ्चार प्राधिकरण र ठेकेदारबीच छलफल भई सञ्चार सुविधा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष शाहीको भनाइ छ। उनी भन्छन्, ‘न ठेकेदारले समयमा काम गर्‍यो न हामीलाई गर्न दियो। स्थानीय सरकारको कुनै दोष छैन।’ प्राधिकरण र डिस्याटबीच भएको सम्झौता सकिएपछि चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला र काइके गाउँपालिकाका करिब १५ हजारभन्दा धेरै नागरिक सञ्चारविहीन भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.