यस वर्षको विद्यापति पुरस्कार घोषणा
जनकपुरधाम : जनकपुरधाम : विद्यापति पुरस्कार घोषण गरिएको छ। यो पुरस्कार प्रत्येक वर्ष विवादित हुँदै आएको छ। आवेदनको आधारमा पुरस्कृत गर्ने भएपछि प्रत्येक वर्ष विवादित हुँदै आएको हो। यस वर्ष मैथिली भाषा, साहित्यमा योगदान गरेका व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ ।
कोषले मैथिलीको विभिन्न विधामा योगदान दिएका पाँचजनालाई चयन गरेको छ । विद्यापति पुरस्कारका लागि १५ जनाले आवेदन दिएका थिए।जसमध्ये पाँचजनालाई यस वर्षको विद्यापति पुरस्कारका लागि छनोट गरिएको छ । विद्यापतिको स्मृति दिवसको अवसरमा घोषणा गरिएको पुरस्कारमा मैथिली भाषा-साहित्य पुरस्कार धनुषाको रघुनाथपुर निवासी चन्द्रशेखर उपाध्यायलाई दिने निर्णय गरिएको छ ।मैथिलीका महा कवि विद्यापतिको नाममा स्थापित सो पुरस्कारको राशि २ लाख रुपैयाँ छ ।
यी चार विद्याका पुरस्कारको राशि १ लाख रहेको छ । पुरस्कारका लागि चयन समितिमा प्राडा. आशासिन्हा, हिमांशु चौधरी, अनितारानी मण्डल र नवीनकुमार मिश्र थिए ।
विद्यापति पुरस्कार २०६८ सालदेखि प्रत्येक वर्ष वितरण हुँदै आएको छ । यसअघि भाषा अनुवाद पुरस्कारका लागि कलाकार निर्देशक मूरलीधर मिझारलाई दिएपछि उनले अस्विकार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !