गंगा सागरमा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

गंगा सागरमा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

जनकपुरधाम : जनकपुरको गंगासागर तटमा गंगास्नान गर्नेको घुइँचो लागेको छ। बुधबार बिहानैदेखि पहेलो पहिरनमा सजिएका महिला तथा रातो,पहेलो धोतीकुर्तामा सजिएका पुरुष हाथमा बेत नचाउँदै मधुर महराई गाउँदै गंगा सागरमा स्नान गर्नेको घुइँचो लागेको छ ।

बिहानैदेखि जनकपुरधामस्थित गंगासागर तटमा देवी देवताका स्वागत गर्दै गुरुले स्नान गराउने तथा चेलाले स्नान गर्नेको लर्को लागेको छ । धामीझाक्रीले सिद्धि प्राप्तगर्न तथा सिद्धि प्राप्त गरेकाले थप परिपूरणका लागि नुहाउनुलाई स्थानीय भाषामा 'गंगा स्नान' पनि भनिन्छ ।

आफ्ना गृह देवी देवतालाई सलामी (सुपारी राखेर निम्तो) दिइ पूजा गरेर पैदलयात्रामा हिँडेर गंगा स्नान गरी सिद्धि प्राप्त हुने धामी बच्चेलाल महतो बताउँछन् । उनले भने, 'कार्तिक पूर्णिमाको दिन पवित्र स्नान गर्दा सिकेको गुण स्थायी हुन्छ, सिकारु दसैंमा जादु-टुना सिक्ने, काली पूजामा सिद्धी गर्ने र कार्तिक पूर्णिमाको बिहान स्नान गरेर सिकेको गुणलाई स्थायी बनाउन स्नान गर्छ ।'जसलाई जलपुजन समेत भन्ने गरिन्छ।'

हातमा बेतको छडी घुमाउँदै ठूलो स्वरमा चिच्याउँदै जनकपुरको गंगासागरमा स्थान गरी मन्त्र सिद्धी तथा परिपूर्ण हुने विश्वासका साथ उनीहरुले स्नान गर्ने गर्छन् । गंगास्नानगर्न मादल, करताल, झाइल, ढोल, पिपहीको सुरतालमा चर्को स्वरले भय र त्रास उत्पन्न हुनेगरि ज्ञान सिद्ध गर्ने गरेको गुणी रामसेवकयादवले बताए । 

जनकपुरधाम स्नान गर्न आएका धामीझाँक्री मन्त्र सिद्धिसँगै मठ मन्दिर दर्शनका साथै जोडि परेवा उडाएर फर्किने चलन रहेको राममन्दिरका महन्त रामगिरी बताउँछन् ।उनले भने, 'कात्र्तिक पूर्णिमाको दिन कमलानदीमा डुबुल्की लगाए सिद्धि प्राप्त हुने तथा जनकपुरधाम स्नान र दर्शन पछि तन्त्रमन्त्र विद्यामा परिपूर्ण हुन्छ, कमलेश्वरी देवीले तान्त्रिकविद्याको बर दिने तथा योग पाको हुन्छ ।'
 
स्नानको समयमा मूल धामीले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा 'महराइगीत' भन्ने गरिन्छ। यसरी मन्त्र सिकाउने धामीलाई 'भगता' र तन्त्रमन्त्रको गुण सिक्नेलाई 'कर्ता' भन्ने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.