चिसोमा कठ्यांग्रिदै भूमिहीन !

चिसोमा कठ्यांग्रिदै भूमिहीन !

प्यूठान : सार्वजनिक जग्गामा टिनले छाएको झुपडी त्रिपालले बेरिएको छ। भित्र यत्रतत्र छरिएका भाँडाकुडा। फाटेका कपडा। गुन्द्री न चकटी। नजिकै झिमरुक नदी सुसाइरहेको छ। बिहान बेलुका त्यही नदीको चिसो बतास सिधै ओछ्यानमा पुग्छ। चिसो न गर्मीको केहीको प्रवाह नगरी जीवन काटिरहेको छ एउटा भूमिहिन परिवार।

६ जनाको परिवार यही झुपडीमा बस्न थालेको वर्षौं भयो। चिसो दिनानुदिन बढ्दैछ। तर यो परिवारलाई न ओड्ने कपडा छ, न ओछ्याउने नै। मिठो मसिनो खानेकुरा त धेरै टाढाको कुरा भइसक्यो। पत्नीले गर्ने मजदुरीको भरमा ६ जनाको परिवार पालिएका छन्।, बिहान–बेलुका खाना जुटाउन यस परिवारलाइ सकस छ। कैयन दिन त भोकै बिते।

हजुरबुवाले गाउँमा साहुँबाट लिएको ऋण तिर्न नसक्दा भएजतिको सम्पत्ति साहुलाई ऐरावती गाउँपालिका–२ बरौला हरियाटारीका राउत परिवार वर्षौंदेखि नदी किनारमै बस्दै आएका छन्। खुमबहादुर भनेर चिनिने ५० वर्षीय रविन्द्र राउतले आमा–बुवासँगै गाउँ छाडेको वर्षौं भइसक्यो।

उनीहरूको घरबार जे भने पनि सडककै बास हो। लामो समयदेखि प्यूठान नगरपालिकाको सार्वजनिक जग्गामा बस्दै आएकाले नगरपालिकाले २०७६ मा नेपाली नागरिकता बनाइदियो। सुकुम्वासी जीवन बिताइरहेका राउत परिवार दाखाक्वाडी, विजयनगर, विजुवार हुँदै हाल झिमरुक खोला नजिक खेदकुद मैदान छेउँमा छाप्रो बनाएर बसेका छन्।

सात वर्षकी छोरी, ११ र ६ वर्षका दुई छोरा छन्। सासूआमासमेत बिचल्लीमा परेपछि हाल उनीसँगै झुपडीमा बस्छिन्। पत्नी तिला राउत बिहान उज्यालो नहुँदै काममा जान्छिन्, रातपरेपछि झुपडीमा फर्कन्छिन्। जसोतसो उनले संघर्ष गरेर बिहान बेलुकाको खाना जुटाउँछिन्। एकदिन उनी काम गर्न नगए चुलोमा आगो बल्दैन।

दिनभर जसोतसो भुले पनि रात कटाउन भने मुस्किल पर्छ राउत परिवारलाई। ‘चिसो बढेपछि रातिमा निद्रा नै लाग्दैन’, तिलाले बिलौना पोख्दै भनिन्, ‘पाँचजना एकै ठाउँ र आमा अर्को ठाउँ सुत्नुहुन्छ। माइतीमा पनि आमालाई हेरचाह गर्ने कोही नभएकाले हामीसँगै ल्यायौं।’

हजुरबुवाले ऋण तिर्न नसक्दा हामी सुकुम्वासी भएको उनले बताइन्। उनले थपिन्, ‘बिरामी भएकाले श्रीमान काम गर्न सक्नुहुन्न। जीवनभर सडकमै बास हुनेभयो।’ जति काम गरेपनि गाँस जुटाउनै धौ–धौ हुने गरेको उनको दुःखेसो छ। बुवा आमासँगै सडकमै बसोबास गर्दैै आएका राउतका आमाबुवाको सात वर्षअघि मृत्यु भयो। अन्य गाउँपालिकावासी भए पनि लामो समय नगरक्षेत्रमै बसोबास गर्दै आएकाले प्रशासनसँगको सल्लाहमा राउत परिवारको नागरिकता बनाइदिएको वडा नम्वर ३ का अध्यक्ष प्रेम हमालले बताए।

बिचल्लीमा परेका सुकुम्वासीको बास व्यवस्थापनमा ठोस योजना बनाउने नगरप्रमुख अर्जुनकुमार कक्षपती बताउँछन्। गतवर्ष साप डाँडाका आठ जना गन्धर्व परिवारलाई एक÷एक रोपनी क्षेत्रफल जग्गा उपलव्ध गराएको जानकारी गराउँदै उनले सडकमा बास बसिरहेका परिवारको खोजी गरी छिट्टै व्यवस्थापन गर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.