तलब जुटाउन घरघर हेडसर

तलब जुटाउन घरघर हेडसर

धनकुटा : चौविसे गाउँपालिका–२ सिन्धसारको धारापानी आधारभूत विद्यालयका प्रधानाध्यापक कैलाश ढुंगाना हरेक चौमासिकको अन्त्यमा अभिभावकको घर÷घरमा पुग्छन्। विद्यालयमा निजि स्रोतमा कार्यरत दुई शिक्षकको तलब भरणपोषण गर्न उनी अभिभावकसँग सहयोग माग्छन्। चौमासिकको अन्त्यमा अभिभावकसँग रकम मागेर अर्को चौमासिकको सुरुवातमा शिक्षकलाई तलबभत्ता खुवाउँछन्।

विद्यालयको आन्तरिक स्रोत नहुँदा निजी स्रोतमा कार्यरत शिक्षकलाई अभिभावकसँग आर्थिक सहयोग मागेर तलब खुवाउँदै आएको ढुंगाना बताउँछन्। शिशुदेखि ८ कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक सय २१ जना विद्यार्थी अध्ययनरत छन्। अभिभावकसँग प्रति विद्यार्थी २ हजार ३ सय का दरले आर्थिक सहयोग मागिएको उनले बताए।

७ जना शिक्षकसहित विद्यालयमा ११ जना कर्मचारी कार्यरत छन्। पाँच दरबन्दीमध्ये प्रअ ढुंगाना मात्र स्थायी शिक्षक हुन्। बाँकी चार जना करारमा छन्। निजी स्रोतका २ जना शिक्षक विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको हो। ३ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी छन्। अभिभावकसँग सहयोग नउठाए विद्यालय सञ्चालन गर्न कठिन छ।

स्विकृत दरबन्दीले विद्यालय सञ्चालन गर्न कठिन भएपछि निजी स्रोतमा शिक्षक राख्नुपरेको ढुंगानाले बताए। ‘विद्यालयको आन्तरिक आय शून्य छ। सरकारले दरबन्दीमा कार्यरत शिक्षकलाई मात्रै तलबभक्ता निकासा गर्छ,’ उनले भने, ‘अभिभावकसँग नमागे पढाइ सञ्चालन गर्ने सम्भावना छैन।’अभिभावकसँग आर्थिक सहयोग संकलन गर्न पनि धेरै कठिन रहेको उनको अनुभव छ। ‘माग्नेबित्तिकै अभिभावकले पैसा दिँदैनन्। भाको बेला दिन्छौं भन्छन्। अभिभावको पनि आयस्रोत हुँदैन। रकमा माग्दा माग्दा हैरान भएर अहिले अर्को विद्यालयमा बालबच्चा पढाउँछु भनेका छन्,’ ढुंगानाले थपे, ‘हरेक घर÷घर डुलेर पैसा संकलन गर्नुपर्ने बाध्यता छ, रकम संलकन नहुँदासम्म शिक्षकले तलब पाउँदैनन्।’

यस्तै, आर्थिक अभावकै कारण वडा नम्बर १ स्थित ठूलो मुक्तरा गाउँको जनता आधारभूत विद्यालयले पनि अभिभावकसँग सहयोग मागेरै शिक्षकलाई तलब खुवाइरहेको छ। विद्यालयमा शिक्षक र कर्मचारीसहित ११ जना कार्यरत रहेको शिक्षक जीवनाथ ढुंगानाले बताए। यहाँ पनि तीन जना निजी स्रोतमा राखिएको छ। ६६ विद्यार्थीका अभिभावकसँग प्रतिविद्यार्थी तीन हजार तीन सय रुपैयाँ सहयोग मागेर शिक्षकलाई तबल खुवाउँदै आएको उनले बताए।

आधारभूत तह सञ्चालनको अनुमति भए पनि दरबन्दी नहुँदा अभिभावकसँग रकम संकलन गर्न बाध्य भएको शिक्षक ढुंगाना बताउँछन्। जनता आधारभूत विद्यालयले २०७१ सालदेखि अभिभावकसँग आर्थिक सहयोग संकलन गरिरहेको छ।

देउसीभैलोको सहारा

निजी स्रोतबाट नियुक्त भएका शिक्षकलाई तलब खुवाउन आर्थिक समस्या भएपछि धारापानी आधारभूत विद्यालयले तिहारमा देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आर्थिक सहयोग संकलन गरेको छ। तिहारमा विद्यालयको पठनपाठन बन्द भए पनि विद्यार्थी, शिक्षक, अभिभावकको संयुक्त टोली बनाएर देउसीभैलोबाट रकम सहयोग मागिएको प्रधानाध्यापक कैलाश ढुंगानाले बताए।

‘देउसीभैलोबाट एक लाख ५७ हजार रुपैयाँ संकलन भयो,’ उनले भने, ‘यो रकम अक्षय कोषमा राख्छौं। यसको ब्याजबाट आउने रकम शिक्षकको तलबभत्तामा खर्च गर्न गरेका छौं।’ सधैँ अभिभावकसँग सहयोग मागेर मात्रै नहुने भएकाले हरेक वर्ष देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.