गाडी चोरीमा चालक

गाडी चोरीमा चालक

काठमाडौं : सुर्खेत वीरेन्द्रनगरका दिपेन्द्र भन्ने दिपक बुढा पेशाले टेम्पो चालक हुन्। उनी सुर्खेतमै रहँदा लामो समय टेम्पो चलाए। टेम्पो चलाउँदा चलाउँदै उनको सम्पर्क भारतीय गाडी चोर समूहसँग भयो।

सुर्खेतमा गाडी चोरसँग बनेको सम्बन्ध दिपकले महेन्द्रनगरस्थित गड्डा चौकी पारी (भारतीय सीमा) सम्म फैलाए। हाल काभ्रेस्थली बस्दै आएका दिपकले भारतीय गाडी चोरसँगकै ‘सेटिङ’ मा चार गाडी नेपाल भित्राए पनि। महेन्द्रनगरबाट प्रज्ञापन पत्रसहित भित्रिएका ती चारवटा गाडी भने नक्कली नम्बर प्लेटबाट निर्वाध राजधानीमा गुडे केही समय। दिपकले ल्याएको चोरीको क्रेटा कार साढे १३ लाखमा बिक्री गर्ने सुइँको प्रहरीले पायो।

प्रहरीले दिपकसँग बार्गेनिङ गर्दा आठ लामा कार बिक्री गर्न उनी राजी भए।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोली काभ्रेस्थली नै पुग्यो। दिपकसँग कारको कागजपत्र थिएन। प्रहरीले कागजपत्र खोज्यो। दिपकले सहजै भनिदिए, ‘यो कार भारतबाट सेटिङमा ल्याएको। कागजपत्र बनाउन हाम्रो गिरोह छ बनाइदिन्छु।’ तत्कालै प्रहरीले दिपकलाई गाडीसहित नियन्त्रणमा लियो। दिपकलाई थप केरकार गर्दा उनले बा२१च ८७१४ नम्बरको स्कोरपियो, बा१८च ३१३८ नम्बरको स्कोरपियो र बा११च ९७४९ नम्बरको फर्चुनर गाडीको रहस्य खुल्यो। दिपकले भारतीय गाडी चोरको गिरोहबाट यी गाडी नेपाल ल्याएको बयान प्रहरीमा दिए।

प्रहरीले यातायात व्यवस्था विभागमा बुझ्दा दिपकबाट बरामद भएको गाडीको नम्बर फरकफरक कम्पनीमा रहेको पत्ता लाग्यो। दिपकले भारतबाट ल्याएका गाडी बालाजु गोलढुंगाका मुकुन्द पुडासैनीलाई भाडामा चलाउन दिएको पाइएपछि प्रहरीले पुडासैनीलाई समेत पक्राउ गरेको छ। कालिमाटी वृत्तका प्रमुख डिएसपी रुगम कुँवरका अनुसार पक्राउ मध्येका दिपक आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनी यसअघि सुर्खेतमै रहँदा हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दा खेपेका अभियुक्त रहेको जानकारी कुँवरले दिए।

उनका अनुसार दिपकले सुरुमा टेम्पो चलाएको समयमा भारतीय गाडी चोरको सम्पर्कमा पुगेका थिए। ‘राजधानीमा चोरीका अन्य गाडी चलिरहेको आशंका छ। हामी थप अनुसन्धानमै छौं’, उनले भने, ‘गाडी चोरको सम्पर्क यातायात व्यवस्था कार्यालयदेखि भन्सारसम्म हुनसक्छ।’ गाडी चोरीसम्बन्धी छुट्टै हेर्ने पिलर महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि छ। महाशाखाले समेत यो आर्थिक वर्षमा गाडी चोरीको ११ वटा विभिन्न मोडेलका गाडी बरामद गरिसक्यो। चोरी पिलरका सई रमेश बजगाइँका अनुसार भारतीय सीमामा प्रज्ञापन पत्र बुझाएर भारतीय गाडी नेपाल प्रवेश सहजै पाउने भएकाले पनि चोरीका गाडी नेपाल भित्रिने गरेको हो।

‘सीमामा प्रज्ञापन पत्र बुझाएपछि भारतीय गाडीले नेपालमा सहजै प्रवेश पाउँछ’, बजगाइँले भने, ‘गाडी चोरी भएपछि भारतीय धनीले इन्स्योरेन्सको पैसा लिएपछि मतलब राख्दैनन्। नेपालमा तस्करले सजिलै सस्तोमा बिक्री गर्छन्।’ भारतमा ६० लाख पर्ने गाडी नेपालमा १५ देखि २० लाखमा पाउने भएपछि खरिदकर्ताले सहजै किन्ने गरेको बुझाइ महाशाखाको छ। बजगाइँले प्रज्ञापन पत्रमै कडाइ गरे चोरीको गाडी नेपाल आउने क्रममा धेरै नियन्त्रण हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.