प्रदेश २ का ११ हजार घर शौचालयविहीन
जनकपुरधाम : देशमा सातौं विश्व शौचालय दिवस मनाइरहँदा प्रदेश २ का धेरै स्थानीयहरु अझै खुल्ला स्थानमा दिसापिसाब गरिरहेका छन्। नेपालाई 'खुल्ला दिसामुक्त देश' घोषणा गरिसकिएको छ। प्रदेश २ का ८ जिल्लामा ९ लाख ३६ हजार २७८ घर छन्। सबै घरमा शौचालयको पहुँच भइसकेको खानेपानी तथा ढल व्यवस्थापन विभाग पानी पोखरी काठमाडौंको तथ्यांकमा उल्लेख छ।
स्थानीय सरकारको जनप्रतिनिधि दश प्रतिशत घरमा शौचालय नभएको बताउँछन्। विभागकै तथ्यांकको कुरा गर्ने हो भने, प्रदेश भर ११ हजार ५१० घरमा चर्पी अझै नभएको उल्लेख छ।
उनको परिवारले खुल्ला स्थानमै दिसापिसाब गर्दै आएका छन्। ‘बर्षमा ९ महिना मात्रै खोलामा बालुवा चालेर गिटी निकाल्न पाइन्छ, असार लागेपछि भदौंसम्म सरकारले खोलामा पस्नै दिँदैन,’सीताले भनिन्, ‘गाउँका महाजन(साहु)को ऋणमा परिवार पालिन्छ।’ सीतालाई नगरपालिकाले चर्पी बनाउन दुई थान रिङ्ग दिएका थिए। रुख ढलेर रिङ्ग फुटेको उनले बताइन्।
सीताको छिमेकी गीता देवी सादाको पनि चर्पी निर्माण अधुरै छ। गारो हालेर सिट हालिएको छ। सिटमा झारपात पलाएको छ। जितपुरको नयाँ टोलमा २० घर छन्। मधुवा सादाको परिवारले मात्रै चर्पी प्रयोग गर्छन्।
गाउँमा मात्र नभएर यहाँका शहर बजारमा पनि शौचालयको सुविधा छैन। खुल्ला स्थानमा दिसापिसाब गरेर जरिवाना लाग्ने होडिङ्ग बोर्ड भने झुण्डियाइएको भेटिन्छ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिबकुमार साह भन्छन्,‘दश प्रतिशत घरमा शौचालय नभएको यथार्थ हो, यो कसैले नकार्न सक्दैन।’ जमिनको अभाव, चेतनाको अभाव जस्ता कारणले मानिसहरु खुल्ला स्थानमा दिसा गरिरहेको उनले बताए।
‘१५ हजारको मोबाइल हात हातमा बोकिरहेका छन् , पाँच हजारको शौचालय बनाउन चाहँदैनन्,’ मेयर साहले थपें,‘नेपालले अन्तर्राष्ट्रिय जगतसँग जुन वाचा गरेको छ, त्यही पुरा गर्न सबैतिर थोरै–थोरै चिटिङ्ग गरेर भए पनि खुल्ला दिसामुक्त घोषणा गरियो।’
सबै घरमा शौचालय निर्माणपश्चात मात्रै खुला दिसामुक्त घोषणा गरिएको जिल्ला समन्वय समिति महासंघका प्रदेश २ का संयोजक सुरेश साद सिंहको दावी छ।
‘पाँच बर्षसम्म अझै खुल्ला स्थानमा दिसा देखिनेछ’, उनले भने, ‘व्यवहार परिवर्तन छु मन्त्र होइन। पुस्तौं लाग्न सक्छ।’ बाढीले क्षति भएका शौचालयहरु पुर्नःनिर्माण हुन बाँकी रहेको उनले जनाए। खुल्ला दिसा मुक्त अभियान नेपाल सरकारको कार्यक्रम हो। गौरसरकारी संघसंस्थाहरुले सहयोग मात्रै गरेको उनले उल्लेख गरे।
‘शुन्य अनुदानमा जनताले शौचालय बनाए। जनताले अवश्यकता महसुस गरेर अर्बौ रुपैयाँ लागनी गरे,’ उनले भने, ‘अब पूर्ण सरसफाइको यात्रा स्थानीय सरकारबाट सुरु हुन्छ।’
महोत्तरीका कम्तिमा १० हजार घरमा शौचालय छैनन्। बनाएका शौचालय पनि प्रयोगमा ल्याइएको छैन, कति त अधुरै छन्। गत भदौं ३१ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले घोषणा पत्र वाचन गरेर महोत्तरीलाई खुल्ला दिसामुक्त घोषण गरेका थिए। भदौं २७ मा पर्सा, २८ मा बारा, ३० मा धनुषा र सर्लाही खुल्ला दिसामुक्त घोषण भए। २०७५ मा रौतहट र २०७४ मा सिरहा र सप्तरी खुल्ला दिसामुक्त घोषण भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !