राम-जानकी विवाह पञ्चमीको तयारीमा आर्थिक अभाव

राम-जानकी विवाह पञ्चमीको तयारीमा आर्थिक अभाव

जनकपुरधाम : राम-जानकी विवाह पञ्चमी तयारीमा आर्थिक अभाव देखिएको छ। मंसिर १५ गते यस वर्षको विवाह पञ्चमी परेको छ। भारतमा राम मन्दिर बन्ने निश्चित भएसँगैको पहिलो खुसीयाली भगवान् रामको ससुराली जनकपुरधामको विवाह पञ्चिमीमा इजहार हुने जानकी मन्दिरले जनाएको छ।

पाँच वर्षमा भारतको अयोध्याबाट आउने  भगवान् रामको विशेष जन्ती यस वर्षको विवाह पञ्चमीमा जनकपुरधाम आउने लागेको छ। तर, मेला व्यवस्थापन, वैवाहिक कार्यक्रम,  खानपानका लागि जनकी मन्दिरसंग आर्थिक संकट छ।

भगवान राम र मैया सिताको वैवाहिक उत्सव हेर्न नेपाल, भारत तथा अन्य मुलुकबाट लाखौंको संख्यामा भक्तजनहरू जनकपुर आउने गरेको जनकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए।

 ‘विवाह पञ्चमी आएका भक्तजनहरूको बास, खानपान, जन्तीको बिदाई, सांस्कृतिक कार्यक्रम व्यवस्थापन गर्न कम्तिमा चार करोड खर्च हुन्छ’, उनले भने, ‘सात दिनसम्म चल्ने विवाह पञ्चमी महामहोत्सवलाई संघीय सरकारले उपेक्षा गर्दै आएको छ।’मधेशलाई मात्र नभई नेपालको विश्वमा जानकी मन्दिरले पहिचान दिलाएको उनले बताए। 

प्रदेश सरकारले ५० लाख विवाह पञ्चमी व्यवस्थानको लागि दिने चासो देखाए पनि अहिलेसम्म दिएको छैन।  विवाह पञ्चमीको खर्च जुटाउन जानकी मन्दिरलाई प्रत्येक वर्ष चन्दा दातासँग हात फैलाउनु परेको छ।
 
महोत्सवअन्तर्गत पहिलो दिन मंसिर १० गते जनकपुर नगर दर्शन, ११ गते फूलवारी लिला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयम्वर र शुभ विवाह र १६ राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुनेछ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.