४ लाखमा बिक्यो एउटा गह्राको बन्दाकोभी

४ लाखमा बिक्यो एउटा गह्राको बन्दाकोभी

धनकुटा : धनकुटाका किसानले एउटा गह्रा बारीमा फलाएको बन्दाकोभीबाट ४ लाख आम्दानी गरेका छन्। छथरजोरपाटी गाउँपालिका–६ सिँधुवाका अगुवा किसान इन्द्रबहादुर श्रेष्ठको एउटै गह्राको बन्दाकोभी ४ लाख रुपैयाँमा बिक्री भएको छ। बारीमै आएर मोलमोलाई गरी व्यापारीले ४ लाख रुपैयाँमा बन्दाकोभी खरिद गरेको अगुवा किसान श्रेष्ठले बताए।

उनले कुनै बेला उचित भाउ नपाउँदा बारीमै बन्दाकोभी कुहाएका थिए। तर यो सिजन भने ६ रोपनी क्षेत्रफलको गह्रामा फलेको बन्दाकोभी ४ चार लाख रुपैयाँमा बिक्री हुँदा आचश्र्य लागेको उनले बताए।

श्रेष्ठ छथरजोरपाटी गाउँपालिका क्षेत्रका अगुवा किसान हुन्। उनी करिब तीन दशक यता व्यावसायिक तरकारीखेती गर्दै आइरहेका छन्। पछिल्लो समय जरागाँठो हुने रोगले बन्दाकोभी सखाप पार्न थालेपछि खेतीबाट बिस्तारै विस्थापित हुँदै गइरहेका थिए।

बन्दाकोभीको मूल्य बजारमा धेरै भएको कारण किसानले मूल्य बढी पाएको उनले बताए। अहिले धनकुटा सदरमुकाममा बन्दाकोभी प्रतिकिलो ५५ देखि ६५ रुपैयाँसम्म छ। तराईमा प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ। ‘बन्दाकोभीले नसोचेको भाउँ पाउँदा यस क्षेत्रका अन्य किसान खुसी छन्’ ,उनले भने, ‘बारीमै प्रतिकिलो ४० देखि ४५ प्रतिकिलोमा बिक्री हुन्छ’

बन्दाकोभीको मूल्य गतवर्ष प्रतिकिलो ३६ रुपैयाँसम्म पुगेको थियो। क्लव रुटकै कारण पोहोर साल बन्दाकोभीको खेती गर्न उनलाई आँट आएन। पोहोर साल मूल्य प्रतिकिलो ३६ रुपैयाँसम्म पुगेको थियो।

तर यो वर्ष भने क्लव रुटले नभेट्ने उन्नत जातको वाईआर होनाम जापानिज नामको बिउ खरिद गरेर खेती गरेको उनले बताए। यो बिउ १० ग्रामको ९ सय रुपैयाँ पर्छ। ६ रोपनीको एउटा गह्रामा ९० ग्राम बिउ उमारेर रोपेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.