दुई पेट्रोल ट्यांकरको सिल तोडिएको फेला

दुई पेट्रोल ट्यांकरको सिल तोडिएको फेला

जनकपुरधाम : नेपाल आयल निगम इन्धन डिप्पो महेन्द्रनगर धनुषामा अनलोड गर्न ल्याइएको दुई पेट्रोल ट्यांकरको सिल टुटेको फेला परेको छ। इण्डियन आयल कर्पोरेसन रक्सौलबाट महेन्द्रनगरको लागि ल्याइएको ना ४ ख ३४१३ र ना ४ ख ४१८६ नम्बरको ट्यांकरको सिल टुटेको फेला परेको हो। 

सिल टुटेको भेटिएपछि १२/१२ हजार लिटर लोड रहेको ट्यांकर चालक र गाडीधनी माथि अनुसन्धान अघि बढाइएको डिप्पो प्रमुख मनोजकुमार साहले जानकारी दिए । बिहीबार बिहान गाडी चालकले डिप्पोमा अनलोड गर्न ट्यांकर ल्याएका थिए। दुवै ट्यांकरमा २५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोल लोड गरिएको थियो।

ट्यांकरको सिल गाडी चालकले तोडेर तेल चुहाबट गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी सिल तोडिएपनि ट्यांकरमा लगाइएको लकर यथावत रहेको चालकहरुको दावी छ। 

‘ट्यांकरबाट पेट्रोल अनलोड गरेका छैनौं,’ डिप्पो प्रमुख साहले भने,‘सील तोडिएकोबारे नेपाल आयल निगम अमलेखगञ्ज र ट्यांकरधनीलाई खबर गरी अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.