साग तयारी : महिला खेलाडी उत्साहित

साग तयारी : महिला खेलाडी उत्साहित

महेन्द्रनगर : आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कञ्चनपुरबाट ६ महिला खेलाडी सहभागी हँुदै छन्। कञ्चनपुर महेन्द्रनगरस्थित कभर्डहलमा नियमित प्रशिक्षणमा संलग्न रहँदै आएका कुस्तीका ६ खेलाडी १३औं सागमा उत्कृष्ट प्रदर्शन गर्ने अभियानमा छन्।

‘सागमा नेपालको प्रतिनिधित्व गर्दै सातवटा तौलसमूहमा नेपाली महिला कुस्ती खेलाडी प्रतिस्प्रर्धामा उत्रिँदैछन्’ हाल बन्द प्रशिक्षणमा रहेका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने ‘महेन्द्रनगरको खेल जगत्मा कुस्ती पनि हब बन्दैछ।’

सात जनामध्ये ६ जना महिला महेन्द्रनगरकै भएको बताउँदै प्रशिक्षक चन्दले खेलाडीहरूको नियमित प्रशिक्षण र मेहनतकै कारण सागसम्म पुगेको बताए। उनले इतिहासमै पहिलो पटक सागमा मुलुकका तर्फबाट सबैभन्दा बढी कञ्चनपुरका खेलाडी अटाउन सफल भएको बताए।

‘महिलातर्फ सात तौलसमूहमध्ये ६ जना कञ्चनपुरकै खेलाडी छन्’ प्रशिक्षक चन्दले भने ‘यो खेलाडीहरूको मेहनतको प्रतिफल हो।’ उनले महिला र पुरुष दुवैतर्फ कुस्तीमा पदक आउनेमा आफू विश्वस्त रहेको बताए।

सागमा सहभागी हुन लागेका महिला खेलाडीहरूमा ५० केजी तौलसमूहमा मनिषा सिंह, ५३ केजीमा शिवाङ्गी दुबे, ५५ केजीमा संगीता धामी, ५७ केजीमा अम्बिका भण्डारी, ५९ केजीमा कोमल खत्री, ६२ केजीमा सुशीला चन्द र ६८ केजी तौलसमूहमा निर्मला जागरीले प्रतिस्पर्धा गर्दैछन्।

सुशीला चन्द सुर्खेतकी खेलाडी हुन् भने अन्य ६ जना महेन्द्रनगरकै खेलाडी हुन्। महिला कुस्तीमा नेपालले १२औं सागदेखि सहभागिता जनाउँदै आएको प्रशिक्षक चन्दले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.