ल क्याम्पसले अब ३०० विद्यार्थी मात्रै भर्ना लिने
काठमाडौं : नेपाल ल क्याम्पसले यस वर्ष स्नातक तहअन्तर्गत एलएलबी प्रथम वर्षमा तीन सयजना मात्र भर्ना लिने भएको छ । विगतमा क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्दा व्यवस्थापनमा समस्या आएकाले यसपटक क्षमताअनुसार मात्रै भर्ना लिने क्याम्पसले निर्णय गरेको हो ।
त्रिवि कानुन सङकायका डीन कार्यालयबाट पनि तीन सय जना मात्र भर्ना लिन निर्देशन भएको क्याम्पसले जनाएको छ । क्याम्पसले सोमबार सार्वजनिक सूचना जारी गरेर एलएलबीमा भर्ना हुन चाहनेका लागि प्रवेश परीक्षा फाराम भर्न आह्वान गरेको छ ।
जसअनुसार मंसिर १० गतेदेखि २५ गतेसम्ममा प्रवेश परीक्षा फाराम भर्नुपर्ने सूचनामा जनाइएको छ।