गलेश्वर धाममा छरियो शतबीज (फोटो)
बेनी : नौं रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको म्याग्दीको गलेश्वर धाममा बालाचर्तुदशी पर्वको अवसरमा सोमबार शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन छ । गलेश्वर बेनी नगरपालिकाको ९ नम्बर वडामा पर्छ ।
कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने गरिन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।
गलेश्वरमा सतबिज छर्नका लागि यसपाली अहिलेसम्मकै धेरै भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । प्रचारप्रसारका साथै सोमबारका दिन बालाचतुदर्शी पर्व परेकाले भक्तजनको घुइचो लागेको उनले बताए ।_20191125083406.jpg)
सोमबार हिन्दुधर्मवालम्बिका भगवान शिवको प्रिय दिन मानिन्छ । म्याग्दी भन्दा बाहीर जिल्लाबाट आएका भक्तजनको संख्या धेरै थियो । पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौबाट समेत भक्तजनहरु आएका छन् ।
गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । पितृ उद्धारका साथै मनोकामना पुरा हुने विश्वासले भक्तजन गलेश्वर आएका कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए । _20191125083406.jpg)
पुजा व्यवस्थापन र सुरक्षाका लागि जनपथ र शसस्त्र प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको छ । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्छ ।
कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुको चहलपहल बढेको छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ । _20191125083405.jpg)
_20191125083405.jpg)
प्रतिक्रिया दिनुहोस !