हुम्लामा टिपर दुर्घटना : तीनको मृत्यु, १२ घाइते
मुगु : हुम्ला जिल्लाको सिमिकोटमा बुधबार दिउँसो टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १२ घाइते छन् ।
बुधबार दिउँसो हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको हो । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीका सामान सहित यात्रुहरु बोकेर सदरमुकाम सिमिकोट आउँदै गरेको टिपर सिमिकोटको लाग्ना डाँडाबाट ३० मिटर दक्षिण तर्फ खसेको थियो ।
टिपरमा सवार नाम्खा गाउँपालिका-१ का ४५ वर्षीय छिरिङ कर्मा तामङ, सोही ठाउँका ३५ वर्षीया नरी लामा र खार्पुनाथ गाउँपालिका-१ का १९ वर्षीय बबरजंग शाहीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जनाकारी दिए ।
डिएसपी घर्तीमगर अनुसार घाइते हुनेहरुमा नाम्खा-१ का नाम्गेल लामा, नातेक लामा, सिन्दार तामङ, सिमिकोट गउँपालिका-६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, भक्तबहादुर रोकाया, सिमकिोट-७ का नर सुनार खार्पनाथ गाउँपालिका-५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका-२ अगं फडेरा छन् । उनीहरु सबैको जिल्ला अस्पताल सिमिकोटमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !