हुम्ला दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उद्दार

हुम्ला दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उद्दार

सुर्खेत : हुुम्लामा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो दुर्घटनामा परेको हो। 

दुर्घटनामा घाइते भएका थप एक जनाको सिमकोटमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ। उपचारकै क्रममा सिमकोट–६ का बक्त रोकाया मृत्यु भएको हो। यसअघि नाम्खा गाउँपालिका–१ हेप्काका छिरिङकार्मा लामा, नरी लामा, खार्पुनाथ गाउँपालिका–१ प्युसका बबरजंग शाहीको मृत्यु भएको थियो। 

तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हुम्लाका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। यसैबीच दुर्घटनामा घाइते भएका ११ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनको हेलिकोाप्टरबाट दुर्घटनाको १६ घण्टापछि बिहीवार मात्र उद्धार गरिएको हो।

सिमकोटमा रहेको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट बिहीवार नेपालगंज पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराइले जानकारी दिइन् । उपचार अभावमा रहेका घाइतेको उद्धारका लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीको पहलमा सेनाको हेलिकोप्टर बिहीवार विहान हुम्ला पुगेको थियो।

उद्धार गरेर लगिएको घाइतेहरुको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार भइरहेको मन्त्री रावलले बताए । बुधवार उद्धार गर्न ढिला भएका कारण बिहीवार मात्र उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिमकोट गाउँपालिका वडा नम्बर–६ का सन्तोस सुनार, कमल भण्डारी, अकिल रोकाया, खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, खार्पुनाथका धनसिंह सुनार, सर्केगाड गाउँपालिकाका अंग फडेरा, नाम्खा गाउँपालिका–१ का सिउधर तामाङ, नाम्गेल तामाङ र नटुप लामा घाइते भएका छन्। घाइतेमध्ये अंग फडेरा, खगेन्द्र रावत, सन्तोष सुनार, नुटुप लामा र नाम्गेल तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.