यस्तो बन्यो पोखरामा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम

यस्तो बन्यो पोखरामा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुँदैछ । साग फुटबल प्रतियोगिताका लागि प्यारापिटसहित फुटबल मैदान तयार भएको छ । 

खेलकुद प्रतियोगिताका लागि करिब दस हजार सिट क्षमताको फुटबल स्टेडियम लगभग तयार भएको हो । पोखरा फुटबल स्टेडियममा १६ हजार ५ सय दर्शक क्षमताका प्यारापिट बन्ने भए पनि साग खेलकुदका लागि करिब दस हजार सिट तयार पारिएको हो । 

प्यारापिटका लागि आवश्यक सामाग्री फ्रान्सबाट ल्याएर फिट गरिएको हो । फुटबल मैदानमा दुबोको चपरी भारतबाट ल्याएर बिच्छयाइएको हो । पूर्व तिर ५५ सय सिट क्षमता पश्चिम तर्फ ३५ सय र भीआईपी सिटसहित करिब दस हजार क्षमताको प्यारापिट सागका लागि लगभग तयार भएको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दिपक बरालले जानकारी दिए । पोखरा फुटबल मैदानमा मंसिर १७ देखि २४ गतेसम्म साग फुटबल प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता हुँदैछ । 

साग खेलकुद अन्र्तगत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिण्टन र भारत्तोलनलगायत ८ खेल हुनेछ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम यसरी पारिएको छ तयार । 

पोखरामा ४८ स्वार्णसहित कुल ९ सय ४६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । ८ खेलका लागि ६ सय ७६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा ७ देशका खेलाडीको सहभागीता रहनेछ । महिला खेलाडी ४ सय ४ जना र पुरुष खेलाडी २ सय ७२ जना रहने सागका टेक्नीकल कमिटीका अध्यक्ष विद्याप्रसाद मर्शानीले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.