उपनिर्वाचन : कास्की २ मा मतदान सुरु
पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ । मतदाताहरु बिहानै देखि मतदान गर्न लाइनमा बसेका छन् । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो ।
कास्की २ मा दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस निर्वाचन क्षेत्रमा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका ११ वडा यस क्षेत्रमा पर्दछ । उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले गस्ती गरेका छन् । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।
प्रतिक्रिया दिनुहोस !