तंग्रिँदै दोधारा–चाँदनी

तंग्रिँदै दोधारा–चाँदनी

महेन्द्रनगर : स्थानीय तहहरूको काम कारबाही हेर्दा गाउँमा सिंहदरबार मात्रै होइन, सिंह मात्रै आएको कुराले चर्चा पाइरहेका बेला महाकाली पारीका गाउँको परिचय पाएका दोधारा र चाँदनीको मुहार फेरिँदै छ।

साविकका दोधारा र चाँदनी गाविस गाभेर अहिले महाकाली नगरपालिका बनेको छ। नगरपालिकाको बजेटले भएको विकास, महाकालीमा झोलुंगे पुल र नगरपालिकाकै बजेटमा वडा वडामा विद्युत् पुगेपछि महाकाली पारीका बासिन्दा खुसी छन्। ‘कुनै बेला टुकी बालेर बस्थ्यौं, भारतबाट जंगली जनावर पनि आउने डर अझ बर्खाका बेला पूर्वमा महाकाली र पश्चिममा जोगबुडा नदीको बाढीको त्रास, नर्कमै बसे झंै हुन्थ्यो तर अहिले गाउँमा सिंहदरबार आएको महसुस भएको छ’, २०२१ सालमा दोधारा चाँदनीमा बसेका ६८ वर्षका मोहन सिंह ठगुन्नाले भने।

‘न बिजुली थियो, न सडक। भारतबाट लुटेरा आउने, वस्तुभाउ मात्रै होइन, महिलाका गरगहना पनि लुटेर लग्थे। अहिले स्वर्ग हुन थालेको जस्तो अनुभव भएको छ’, ठगुन्नाले थपे। गाउँमा सडक विस्तार भएको छ। बिजुली बत्ती पुगेको देख्दा गाउँवासी हर्षित छन्। कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्न महाकाली नदीमा झोलुंगे पुल निर्माणपछि नेपालबाटै नेपाल आउन सहज भएको छ।

झोलुंगे पुल नहुँदा त्यहाँका बासिन्दाले भारतको बाटो मात्रै आफ्नो जिल्ला सदरमुकाम आउने गरेका थिए। अहिले पनि चारपांग्रे सवारीसाधन भारतकै बाटो (शारदा ब्यारेज) भएर जिल्ला सदरमुकाम महेन्द्रनगर आउने गर्छन्।

२०२३ सालदेखि बसोबास गरिरहेकी महाकाली नगरपालिका–३ बडुवाल टोलीकी विमला सुनारले पहिलेको तुलनामा गाउँमा विकास हुन थालेको अनुभूति भएको बताइन्। ‘राति भारतीय जंगलबाट हात्ती आउँथे, भागौं भने पनि अँध्यारो हुन्थ्यो, काँ भाग्नु ? ’, सुनारले भनिन्। ‘अहिले गाउँभरी उज्यालो छ, हात्ती आए पनि साइरन बज्छ।’

हात्तीले बस्ती छिर्ने स्थानका घरमा ठूलो आवाजका साइरन राखिएका छन्। हात्ती गाउँ पस्नेबित्तिकै साइरन बज्छ र मानिस सुरक्षित स्थानमा जान्छन्। महाकाली र जोडबुतामा तटबन्ध बनेको छ, अहिले। ‘केही वर्षयता विकासले फड्को मारेको छ’, स्थानीय वीरसिंह साउदले भने, ‘पहिले त यहाँ नेपाली पैसासमेत चल्थेन।’ महाकाली नगरपालिकाले पनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। गत आर्थिक वर्षमा नगरपालिकाले चार मिलोमिटर सडक कालोपत्रे गरेको छ भने २१.२० किलोमिटर सडक ग्राभेल महाकाली नगरपालिकाले गरेको छ।

महाकालीका नगरप्रमुख वीरबहादुर सुनारले पूर्वाधार विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताए। ‘सडक बिजुली बत्ती, शिक्षा स्वास्थ्य नै हाम्रो प्रमुख प्राथमिकता हो’, उनले भने। ‘हाम्रो लक्ष्य नै घरआँगनसम्म सडक पुर्‍याउनु हो।’

फोटो ः महाकाली नगरपालिकामा हेल्थ पोस्टदेखि दोधारा झोलुंगे पुल जोड्ने सडक।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.