बागलुङ-२ मा राजमो ३५४ मतले अगाडि

बागलुङ-२ मा राजमो ३५४ मतले अगाडि

बागलुङ : बागलुङ-२‘ख’मा भएको उपनिर्वाचनको मतगणनामा बाम गठबन्धनले सुरुवातमै अग्रता लिएको छ। आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय जनमोर्चाका उम्मेदवार ३ सय ५४ मतले अगाडि छन्। 

पछिल्लो मत परिणाम अनुसार ढोरपाटन नगरपालिका-१ र २, निसीखोला गाउँपालिका-१ र २, तमानखोला गाउँपालिका-१ र २ को मतगणनामा राजमोका उम्मेदवार खिमविक्रम शाहीले २९ सय ६४ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले भने २६ सय १९ मत प्राप्त गरेका छन्। समाजवादी पार्टीका अशोक बिकले १ सय ३१, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ४८, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले १५, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ११ मत प्राप्त गरेका छन्। 

१ सय ७ मत बदर भएको छ। वडागत रुपमा तिनै स्थानीय तहको पालैपालो गणना गरिएको छ। कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ। अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। आज राति अबेरसम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.