विवाह पञ्‍चमी मेलामा ६२ जना पकेटमार पक्राउ

विवाह पञ्‍चमी मेलामा ६२ जना पकेटमार पक्राउ

जनकपुरधाम : विवाह पञ्चमी मेलामा ६२ जना पोकेटरमार पक्राउ परेका छन्। मेलामा गरहगना, रुपैयाँ, मोबाइल चोरी गर्दै गर्दा पोकेटमारलाई प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा ४७ जना भारतीय र १५ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाए । ४७ जना भारतीय पकेटमार मध्ये १९ जना महिला पनि रहेका छन् ।

भीडको मौका छोपी भक्तजनको गालामा लगाएको सुनचाँकीको सिक्री, खल्तीको रुपैयाँ र मोबाइलजस्ता सरसमान झिक्दै गर्दा पकेटमार पक्राउ गरिएको एसपी खनालले जनाए।कतिपय सामान तुरुन्तै फिर्ता गरेको र कतिपय चोरीका मोबाइल प्रहरी कार्यालयमा राखिएका छन्। पीडितले पकेटमारमाथि उजुरी गर्न आउने क्रम मेला सकिएसँगै बढेको एसपी खनालले जानकारी दिए।

पक्राउ परेका पकेटमारलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । विवाहपञ्‍चमी मेलामा एक सय वटा सिसि क्यामरा जडान गरेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । जानकी मन्दिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टाछुट्टै विशेष प्रहरी टोली सुरक्षा निगरानीमा छन्। 

ड्रोन क्यामरामार्फत पनि प्रहरीले भीडलाई निगरानी गरिराखेको छ। पाँच हजार प्रहरी सादा तथा पोशाकमा परिचालित रहेको धनुषाका सिडियो प्रदिपराज कणेलले जनाए । रामको जन्तीलाई सोमबार दिउँसो ३६ ब्यञ्‍जनसहितको भोज खुवाएर विदाइ गरेपछि यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.