गढीमाई मेलाबाट फर्किदै गरेको भ्यान दुर्घटना : २ को मृत्यु, १४ घाइते

गढीमाई मेलाबाट फर्किदै गरेको भ्यान दुर्घटना : २ को मृत्यु, १४ घाइते

बर्दिबास : गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको पिकप दुर्घटना हुँदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ । घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ।

धनुषाको धनुषाधाम नगरपालिका-३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जनाए ।पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास-५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो।

विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा ना ५ च १२२७ पिकप दुर्घटनामा भएको हो । 'ट्रकलाई पिकले साइड दियो, तर ट्रकले हेडलाइट ड्रिम गरेन, 'दुर्घटनका घाइते विनिता सिंहले भनिन्, 'बत्तीको लाइटले पिकप चालकले बाटो देख्न सकेन, त्यसपछि गाडी सडक छेउमा गएर पल्टियो ।'

चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ । अन्य घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ। धनुषाधाम नगरपालिका ३ का पिकप चालक दुर्योधन महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.