भारोत्तोलनमा नेपाललाई स्वर्ण पदक : सञ्जुले रचिन् इतिहास

भारोत्तोलनमा नेपाललाई स्वर्ण पदक : सञ्जुले रचिन् इतिहास

पोखरा : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी छन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिस रचेकी हुन्। 

पोखरा माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्।

प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजतमा चित्त बुझाए। 

बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन्। प्रतियोगितामा पाकिस्तानसहति चार देशको सहभागीता रहेको थियो।  गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई दिइन्। उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन्।

साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिला तर्फ सहभागिता जनाएको हो। १० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ।

यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो। त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए। भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा एक सयक ५ सहित एक ८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन्।

बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन्। बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो। 

तुलाराम जिते कास्य 
साग अन्र्तगत भारोत्तोलन प्रतियोगितामा नेपाल आर्मीका तुलाराम महतोले कास्य जितेका छन्। पोखरामा बिहीबार भएको ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएका हुन्। उनीबाट कम्तीमा रजत आशा गरिएको थियो। सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९८ गरी कुल १७८ भार बहन गरेका हुन्।

नेपाल सहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए। कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १०४ बहन गरेका हुन्। रायले नेपाली खेलाडीलाई क्लीन एण्ड जर्कमा मात्र ६ किलोले पछि पारेका थिए। महतो र रायको स्न्याचमा समान ८० किलो भार बहन थियो।

यस्तै, ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए। सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलंकन खेलाडीलाई पछि पारेका हुन्। श्रीलंकाका पालुगासिंघेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल १६३ भार बहन गरेका थिए।  बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य जिते। उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए।

संगीताको नयाँ राष्ट्रिय कीर्तिमान

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी संगीता राईले कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। पोखरामा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गर्दै आफ्नो नाम लेखाएकी हुन्। २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन्।

यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए। सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन्। श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन्।

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो। प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ। भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन्। हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन्। बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन्। उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन्। विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भबाहेक सबै देशको सहभागिता छ। भुटानको यो पहिलो सहभागिता हो। महिला र पुरुषतर्फ दश ÷दश तौल समूहमा प्रतिष्पर्धा हुनेछ। बिहीबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.