पम्पुसँग पुल निर्माणको ठेक्का सम्झौता रद्ध

पम्पुसँग पुल निर्माणको ठेक्का सम्झौता रद्ध

बुटवल : भैरहवा–लुम्बिनी सडक खण्डका दुई पुल निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नसकेपछि सम्झौता रद्ध गरिएको छ। हुलाकी सडक आयोजना कार्यालय कपिलवस्तुले सम्झौता रद्ध गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो। पप्पु र बामती निर्माण कम्पनीले यी पुल तीन वर्षभित्र सक्ने गरी ०७१ सालमा सम्झौता गरेका थिए।

तिनाउ र दण्डा नदीमा बन्ने पुल बीचमै अलपत्र छाडिएका छन्। पुल नबनेकाले भैरहवाबाट लुम्बिनी जाने सडक घन्टौं जाम हुने गरेको छ। सडक चार लेनमा विस्तार गर्नुअघि नै पुल निर्माण सम्झौता गरिएको थियो। त्यसक्षेत्रका अन्य पुल भने निर्माण भइसकेको छन्।

हुलाकी सडक आयोजना कार्यालयका प्रमुख इश्वरबहादुर रिजालले पटक–पटक ताकेता गर्दासमेत काम नगरेपछि सार्वजनिक सूचना जारी गरी सम्झौता रद्ध गरिएको जानकारी दिए। दुई कम्पनीलाई कालोसूचिमा राख्न प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। सम्झौता रद्धपछि बैंक ग्यारेन्टी जफत गरी हर्जना तिराइने छ। पुल निर्माणको प्रगति मूल्यांकन गरी थप प्रक्रिया अघि बढ्ने उनले बताए।

तिनाउको पुल ६ करोड २ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। त्यसमा करिव ३ करोड रुपैयाँ पप्पुले भूक्तानी लिइसकेको छ। डण्डा पुल निर्माण गर्न ५ करोड ५६ लाख ८० हजारमा सम्झौता भएको थियो। यो योजनामा सिन पप्पुले आधा रकम लिइसकेको हुलाकी सडक कार्यालयले जनाएको छ।

नेपाल भ्रमण वर्षमा लुम्बिनी पुग्न कठिन भएपछि यी पुलको विषयमा संघीय तथा प्रदेश सरकारले चासो दिएका छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुल निर्माण वा त्यसको विकल्पको प्रक्रिया थाल्न हुलाकी सडक कार्यालयलाई निर्देशन दिएका थिए। प्रदेश सरकारले ती पुलका कारण हुने सडक जाम घटाउन बेलिब्रिज बनाउन बजेट समेत बिनियोजन गरेको छ। हुलाकी सडक आयोजना कार्यालय प्रमुख रिजालले बेलिब्रिज निर्माण गर्न प्रक्रिया थालिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.