रारालाई हिउँको घुम्टो (फोटो फिचर)
मुगु : नेपालकै ठूलो राराताल हिउँले छोपिएको छ। शुक्रबार बिहान ५ बजेदेखि परेको हिमपातले राराताल क्षेत्र छोपिएको हो।
समुन्द्री सतहबाट दुई हजार ९ सय मिटर उचाइमा रहेको रारा क्षेत्र हिउँले ढाकेको हो। हिमपातले रारा किनार क्षेत्र सेताम्य भएको हो। बिहान ५ बजेदेखि हिउँपर्दा दुई फिटसम्म जमिसकेको छ।
हिउँमा र रमाउने पर्यटकका लागि रारा उपयुक्त प्राकृतिक क्षेत्र हो। हिमपात रोकिए लगत्तै उडान सुरु हुने सीता एयर ताल्चा स्टेसनका इन्चार्ज शिवरान भामले जानकारी दिए।
बिहानैदेखि परेको हिमपात साँझसम्म नरोकिए चार फिटसम्म जम्ने अनुमान स्थानीयले गरेका छन्।





प्रतिक्रिया दिनुहोस !