ट्रक र अटो ठोक्किँदा २ को मृत्यु, २ जना घाइते
धनकुटा : ट्रक र अटो ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको को २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा आइतबार दिउँसो १२ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका जवान रामचन्द्र कटुवालले जानकारी दिएका छन्।
दुर्घटनामा २ जना घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनालगत्तै ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !