अमेरिकामा भारतविरुद्ध नेपाली समुदायको प्रदर्शन
वासिङ्टन : भारतले नेपाली भूमि मिचेको विरोधमा अमेरिकामा रहँदैआएका नेपाली समुदायले विरोध जनाएका छन् ।
वासिङ्टन डिसीमा उनीहरुले भारत विरुद्ध प्रदर्शन गरे । ‘गो ब्याक इन्डिया’, ‘कालापानी, लिपुलेक हाम्रै हो’, ‘हाम्रो जमिन फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेर नारावाजी लगाउँदै उनीहरु भारतीय दूतावासतर्फ लम्किएका थिए ।
आइतबार नेपाली समुदायका अगुवाहरु अमेरिकी राष्ट्रपति निवास रहेको ह्वाइट हाउस अगाडि अवस्थित पार्कमा नेपालीहरु भेला भएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा आएका अधिकांशले ढाका टोपी लगाएका थिए । साथमा नेपाली झण्डा समेत बोकेका थिए ।
भारतले लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालबाट विरोध हुँदैआएको छ । सीमा क्षेत्रबाट भारतीय सेना हटाउनुपर्ने लगायत माग राख्दै विरोध हुँदैआएको छ ।
प्रतिक्रिया दिनुहोस !